उदाहरणीय कामको अनुकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरभित्र निर्मित अवैध संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव अन्य पालिकाहरुमा पनि पर्न थालेको छ । विगतका मेयरहरुले भोटको राजनीतिका कारण आफ्नो आँखै अगाडिको हुँदै आएको बेथितिलाई बेवास्ता गरे । स्वीकृति विपरित धमाधम अवैध संरचना बनिरहे पनि यसअघिका जनप्रतिनिधि टुलुटुलु हेरेर बसिरहे ।

तर, स्वतन्त्र उम्मेदवार बालेन काठमाडौं महानगरको मेयर निर्वाचित भएपछि भने परिस्थिति फेरिएको छ । उनी युवा हुन् र त्यसमाथि ईन्जिनियर पनि । उनीबाट धेरैले आश गरेका छन् । अव्यवस्थित र कुरुप बन्दै गएको देशको संघीय राजधानी शहरलाई सुन्दर देख्न चाहने काठमाडौंवासीको चाहनालाई बालेनको सुरुवाती कदमले थोरै भए पनि सकारात्मक सन्देश दिएको छ ।

लाखौं सवारी साधन गुड्ने काठमाडौंमा पार्किङको अभाव टड्कारो समस्याका रुपमा देखिएको छ । त्यसलाई बालेनले बुझे । फलस्वरुप, बेसमेन्टमा पार्किङ स्वीकृति लिएर नक्सा पास गरेका तर, पसल खोल्न दिएका घरका नक्सा उनले खोतले । उनले नगरभित्र निर्मित अवैध संरचना भत्काउन सुरु गरे ।

अल्फा बिटा, काठमाडौं मलजस्ता निजी क्षेत्रमा सञ्चालिन ब्यापारिक भवनमात्र होइन उनले राहदानी विभागको बेसमेन्टसमेत पार्किङका लागि खाली गराए । अन्य थुपै्र अवैध संरचनामा डोजर लगाउने हिम्मत उनले जुटाए ।
बालेनका उदाहरणीय कामको अनुकरण (विचार वा कामको अनुसरण) अहिले उपत्यकासँगै मोफसलका मेयरहरुले पनि गर्न थालेका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पनि सार्वजनिक सूचना नै निकालेर ३५ दिनभित्र अरनिको राजमार्ग र त्यस वरपरका अनधिकृत संरचनाहरु हटाउन निर्देशन जारी गरेको छ ।

आज केही गतिला काम बालेनले काठमाडौंबाट सुरु गरेका छन् र त्यसलाई देशका अन्य पालिकाहरुले अनुकरण गर्दैछन् । आशा गरौं, भोलि यस्तै र योभन्दा पनि गतिला काम देशभरका अन्य पालिकाहरुले सुरु गर्नेछन् र त्यस्ता कामलाई काठमाडौंका मेयरले अनुसरण गर्नेछन् ।

मध्यपुर थिमि नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रमा पर्ने अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु र भित्री सडकहरुमा मापदण्ड विपरीत निर्माण भएका तथा अतिक्रमण भएका संरचना ३५ दिनभित्र नहटाए कानुनी कारबाही थाल्ने उल्लेख छ ।

यसैगरी पोखरा महानगरपालिकाले पनि अनधिकृत संरचना हटाउन सूचना निकालेको छ । पोखरा महानगरले अवैध संरचना हटाउन दोस्रो पटक सूचना निकालेको हो । पोखराले यसअघि पनि अनधिकृत संरचना हटाउन सूचना निकालेको थियो । तर, सरोकारवालाले अटेर गर्दै आएका थिए । बालेनले सपिङ मललगायतले नक्साविपरीत बनाएका अनधिकृत संरचना हटाउन सुरु गरेलगत्तै पोखरा महानगरले पनि सूचना जारी गरेको थियो ।

पोखरासँगै हेटौंडा र धनगढी उपमहानगरले पनि सडक छेउमा अनधिकृत निर्मित संरचना हटाउन सूचना जारी गरिसकका छन् । कोहलपुर नगरपालिकाले त सरकारी जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना भत्काउन सुरु नै गरिसकेको छ । कोहलपुरले गत सोमवार विहानदेखि नेपाल प्रहरीको सहयोगमा न्युरोडबाट अवैध निर्माण भत्काउने कार्य शुरु गरेको हो । कोहलपुर नगर विकास समितिले गत असार ३० गतेको बोर्ड बैठकबाट निर्णय गरेर तत्काल सडक पेटी र फुटपाथमा बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो ।

यसैगरी मेलम्ची नगरपालिकाले पनि गैरकानुनी रुपमा बनाइएका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन जारी गरेको छ । घर अगाडि बनाइएका संरचना, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य संरचना हटाउन मेलम्ची नगरपालिकाले निर्देशन दिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो, मेलम्ची । मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक आउने गरेका छन् । तर, उचित सरसफाई नहुँदा र बजारको सौदर्यकरण नहुँदा पर्यटकमा नकारात्मक प्रभाव पर्ने भएपछि मेलम्ची नगरपालिकाले तत्कालै अनधिकृत संरचना हटाई घर अगाडि सरसफाई गर्न निर्देशन दिइएको नगरप्रमुख आइतमान तामाङ बताउँछन् ।

नगर प्रमुखतामाङ भन्छन्, ‘राम्रो कामको थालनी जोसुकैबाट भए पनि नगरपालिकाले आफ्नो नगरलाई सफा, हरियाली र व्यवस्थित बनाउन हरसम्भव प्रयास गर्नुपर्छ ।’ व्यवस्थित बजार बनाउन बजारवासी, उपभोक्ता र स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने ठम्याई मेयर तामाङको छ ।

बालेनले काठमाडौंमा सुरु गरेको कामको अनुकरण हटौंडा, पोखरा, बाँकेको कोहलपुर, सिन्धुपाल्चोकको मेलम्चीहुँदै भक्तपुरको मध्यपुर ठिमी नगरपालिकासम्म पुगेको छ । शुक्रबारमात्रै ललितपुर महानगरपालिकाले सूचना जारी गर्दै फुटपाथ मिचेर नक्साविपरित बनाइएका अनधिकृत संरचना भत्काउन दशैंसम्मको म्याद दिएको छ ।


ल्लितपुर महानगरले पहिला लगनखेलस्थित आफ्नै भवन अगाडि बनेको अनधिकृत संरचना हटाएर सर्वसाधरणलाई सचेत गराएको हो । दशैंसम्म नहटाए डोजर लगाएर भत्काइने चेतावनी पनि महानगरले दिएको छ । महानगरले घरघरमा माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन जारी गरेको छ ।

पक्कै पनि राम्रो काम गर्दा बाधाहरु पनि उत्तिकै आउँछन् । अवैध संरचना भत्काउँदा त्यसको असर ठुला ब्यापारीलाई पर्छ । त्यस्ता ब्यापारीको प्रभाव ठुला राजनीतिक दलसम्म रहेको हुन्छ । राजनीतिक दलहरुभित्र पनि चन्दादेखि लिएर भोटको राजनीतिसम्मको स्वार्थ लुकेको हुन्छ । त्यसैले कानुनसम्मत र राम्रा काम अगाडि बढाउँदा थुप्रै अड्चन अगाडि आउनु स्वभाविक हो ।

अवैध संरचना भत्काउने काम अगाडि बढाउँदा मेयर बालेनले पनि थुप्रै बाधाको सामना गर्नुप¥यो । राजनीतिक दलहरुबाटै पनि उनको कामको तिब्र विरोध भयो । प्रमुख प्रतिपक्षी दलदेखि लिएर सत्तारुढ दलकै नेता÷कार्यकर्ताले समेत उनको चर्को विरोध गरे । तर, स्वतन्त्र रुपमा निर्वाचित भएकाले त्यस्ता बाधा अडचनलाई उनले रत्तिभर वास्ता गरेनन् ।

यसअघि फोहोर ब्यवस्थापनको विषयमा पनि उनले यस्तै समस्याको सामना गर्नुपरेको थियो । त्यतिबेला पनि राजनीतिक दलहरु नै उनलाई असफल बनाउने प्रयासमा लागेका थिए । त्यसमा पनि उनी अत्तालिएका थिएनन् । हाल फोहोर ब्यवस्थापनको समस्या केही समयका लागि भए पनि समाधान भएको छ ।

काठमाडौं देशको सबैभन्दा पुरानो र ठुलो महानगरपालिका पनि हो । जेठो महानगरपालिका भएको नाताले पनि काठमाडौंबाटै यस्तो सकारात्मक कामको थालनी हुनु खुसीको कुरा हो । त्यसैले यस्ता राम्रा र सकारात्मक कामलाई अनुकरण गर्न अरु पालिकाहरुले पनि हिच्किचाउनु हुँदैन । राम्रा काम गर्दा जस र अपजस दुबै आउँछन् तर, त्यसलाई विधि र प्रक्रियासम्मत कार्यान्वयनको चरणमा लैजाने दायित्व जनप्रतिनिधिहरुमै निहीत हुन्छ ।

आफु इमान्दार र कर्तब्यनिष्ठ भएकाले पनि उनीसँग नैतिक बल थियो । यसैगरी महानगरवासी र सर्वसाधारणले पनि उनको कामको मुक्त कण्ठले प्रशंसा गरे । सामाजिक सञ्चाल र सञ्चारमाध्यमबाट पनि उनको कामले गतिलो समर्थन पाएको थियो ।

स्थानीय सरकारलाई दिइएको अधिकार प्रयोग गर्न मेयर हिच्किचाउन हुँदैन र त्यसमा राजनीतिक हस्तक्षेपको वास्ता गर्नु हुँदैन भन्ने बुझाई अन्य पालिकाका मेयरहरुमा पनि फैलँदै गएको देखिन्छ । पक्कै पनि यो सकारात्मक सन्देश हो । पक्कै पनि राम्रो कामको सुरुआत कसै न कसैले गर्नैपथ्र्यो । त्यो बालेनले काठमाडौंबाट सुरु गरे ।


काठमाडौं देशको सबैभन्दा पुरानो र ठुलो महानगरपालिका पनि हो । जेठो महानगरपालिका भएको नाताले पनि काठमाडौंबाटै यस्तो सकारात्मक कामको थालनी हुनु अन्य पालिकाका लागि समेत खुसीको कुरा हो । त्यसैले यस्ता राम्रा र सकारात्मक कामलाई अनुकरण गर्न अरु पालिकाहरुले पनि हिच्किचाउनु हुँदैन । राम्रा काम गर्दा जस र अपजस दुबै आउँछन् तर, त्यसलाई विधि र प्रक्रियासम्मत कार्यान्वयनको चरणमा लैजाने दायित्व जनप्रतिनिधिहरुमै निहीत हुन्छ ।

यसका अतिरिक्त पछिल्लो समय काठमाडौंका मेयर बालेनले फुटपाथ व्यवस्थापन र अवैध संरचना हटाउने अभियानसँगै कर छलीको विषयलाई पनि अगाडि बढाएका छन् । वर्षौंदेखि महानगरलाई कर नतिर्ने ब्यवसायीको तथ्याङ्क निकालेर उनले अल्टिमेटम दिएका छन् । उनको यो अभियानले पनि नगरवासी र सर्वसाधारणबाट गतिलो समर्थन पाएको छ ।

अन्य पालिकाका जनप्रतिनिधिहरुले यो अभियानलाई पनि अगाडि बढाउँदा आफ्नो पालिकालाई आर्थिक रुपमा समेत सबल बनाउन मद्दत पुग्ने देखिन्छ । प्रश्न, राम्रो काम कसले सुरु ग¥यो भन्ने होइन बरु त्यो काम कानुनसम्मत र आफ्नो नगरवासीको हितमा छ वा छैन भन्ने हो ।

आज केही गतिला काम बालेनले काठमाडौंबाट सुरु गरेका छन् र त्यसलाई देशका अन्य पालिकाहरुले अनुकरण गर्दैछन् । आशा गरौं, भोलि यस्तै र योभन्दा पनि गतिला काम देशभरका अन्य पालिकाहरुले सुरु गर्नेछन् र त्यस्ता कामलाई काठमाडौंका मेयरले अनुकरण गर्नेछन् ।

प्रतिक्रिया