अरिङ्गालको टोकाइबाट ६ वर्षीया बालीकाको मृत्यु, तीन घाइते

बझाङ । बझाङमा एकै परिवारका चार बालकलाई अरिङ्गालले टोक्दा एकको मृत्यु भएको छ भने अन्य तिन जना बालबालिका घाइते भएका छन् ।

जिल्लाको थलारा गाउँपालिका– ७ आठविस सुनारगाँउका गणेश सुनारका एक छोरा र तीन छोरीलाई बिहीबार बिहान ८ बजेतिर घर नजिकै ओखर खोज्न गएका बेला अरिङ्गालले टोकेको उनका आफन्तहरुले बताएका छन् ।

अरिङ्गालको टोकाईबाट गम्भीर घाइते भएकी ६ वर्षीया करिस्मा सुनारको उपचारको क्रममा आज दिउँसो कोइरालाकोट स्वास्थ्य चौकीमा मृत्यु भएको थलारा गाउँपालिका– ७ का वडाध्यक्ष कृष्ण सार्कीले जानकारी दिए ।

अन्य घाइते भएका सागर सुनार, रमिला सुनार र एन्जिला सुनारलाई थप उपचारको लागि अहिले सदरमुकाम चैनपुर ल्याउने तयारी भइरहेको वडाध्यक्ष सार्कीले बताए ।

प्रतिक्रिया