पहिरोका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

पर्वत । पहिरोका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

पोखरा–बाग्लुङ सडकखण्ड अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ अम्बोटमा पहिरो झरेका कारण सवारी आवागमन पुर्णरुपमा बन्द भएको हो ।

वर्षाको कारण आज बिहान ४ बजे झरेको पहिरोले बन्द भएको सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी देउपुरले जनाएको छ ।

प्रतिक्रिया