सुदूरपश्चिम सरकारद्वारा गौरा पर्वमा दिएको बिदा कटौती

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वमा दिएको सार्वजनिक बिदा कटौती गरेको छ । प्रदेश सरकारले भदौ १७ गते शुक्रबार दिएको गौरा पर्वको सार्वजनिक बिदा कटौती गरेको हो ।

बुधबार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै भदौ १८ गते परेको गौरा पर्वमा संघीय सरकारले बिदा दिएकोमा प्रदेश सरकारले थप एक दिन १७ गते पनि बिदा दिने भनेर प्रदेश राजपत्रमा उल्लेख भएकोमा प्रदेश सरकार मन्त्री परिषद्को २०७९–२–१० को निर्णय अनुसार भदौ १७ गतेको बिदा झिकिएको जनाएको छ ।

त्यसैगरी थारु समुदायको अटवारी पर्वका लागि कैलाली र कञ्चनपुरमा भदौ १२ गते सार्वजनिक विदा दिइसकिएकाले भदौ १९ गते आइतबारका लागि राजपत्रमा उल्लेख भएको विदा समेत झिकिएको मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया