बास बझाङ शाखाको सरसफाई अभियान

बझाङ । जिल्लाका सदरमुकाम चैनपुरमा रहेको सुर्मादेवी मन्दिरमा बागेश्वरी असल शासन क्लब (बास) बझाङ शाखाले सरसफाई अभियान सञ्चालन गरेको हो । बुधवार बिहान एक कार्यक्रमका बीच सरसफाई अभियान थालेको वागेश्वरी असल शासन क्लब (बास) बझाङ अध्यक्ष रमेश सिंहले बताए ।
सरसफाई अभियानमा वडा प्रहरी कार्याल जिल्लामा सञ्चालित सामुदाए रेडियोमा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै वागेश्वरी असल शासन क्लब बझाङका जिल्ला सचिव टेकेन्द्र बोहराले सवैको आस्थाको केन्द्र सुर्मादेवी मन्दीर परिसरमा सवैको जमघट हुने भएको हुँदा सरसफाई अभियान थालेको बताए । उनले बासले देशैभर स्वास्थ्य र शिक्षाको क्षेत्रमा वषौंदेखि काम गर्दै आएको बताए । आगामी दिनहरुमा पनि यस्तै बिभिन्न खाले कार्यक्रम सञ्चान गर्दै जाने उनले बताए ।

प्रतिक्रिया