बझाङमा जिपले ठक्कर दिंदा एक पैदल यात्रीको मृत्यु

बझाङ । जिपले ठक्कर दिंदा बझाङमा एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार वेलुका सदरमुकाम चैनपुरबाट बागथला तर्फ जाँदै गरेको सु प प्र ०१– ००१ प २६९० नम्बरको जिपले ठक्कर दिंदा बित्थडचिर गाउँपालिका वडा नँ ९ का ६० वर्षिया गगन ओखेडाको घटनास्थल मै मृत्यु हो । घटना केदारस्यु गाँउपालिका वडा न ४ देउरा बजार नजिकै भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार जिप चालकलाई नियन्त्रणमा लिईसकेको बताए । उनले स्थानीयहरुले सडक अबरुद्ध गरेपछि सडक खुलाउने प्रयाश भईरहेको र उत्तm क्षेत्रमा प्रहरी टोली पठाईसकेको बताए ।

प्रतिक्रिया