अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन मध्यपुर थिमि नगरकाे निर्देशन

काठमाडौं । भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचनाहरू ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ । आज सूचना जारी गर्दै नगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ । सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र हटाउन र नहटाएमा कारबाही गरिने नगरपालिकाले बताएको हो ।

प्रतिक्रिया