दलित, विपन्न तथा द्वन्द प्रभावित वालवालिकाकाे लागि आर्थिक सहयोग

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा १ र २ मा रहेका एकल, दलित, विपन्न र द्वन्द प्रभावित वाल वालिकाहरुलाई आर्थिक सहयोग गरिएका छ । युनिसेफ नेपालको आर्थिक सहयोग र बागेश्वरी असल शासन क्लब (बास नेपाल) को समन्यमा आर्थिक सहयोग प्रदान गरिएको हो ।

सोमबार एक कार्यक्रमका बीच जयपृथ्वी नगरपालिका १ का वडाध्यक्ष डम्वरबहादुर सिंह र वडा २ का वडाध्यक्ष कलक खड्काको उपस्थितीमा २ जना वालवालिकाका अभिभावकलाई आर्थिक सहयोग प्रदान गरिएको बागेश्वरी असल शासन क्लब बझाङ जिल्ला अध्यक्ष रमेश सिंहले बताए ।

सिंहले भने, ‘युनिसेफ नेपालको आर्थिक सहयोग र बागेश्वरी असल शासन क्लब (बास नेपाल) को समन्यमा दिगो जिवीकोपार्जन अन्तरगत विध्यालयमा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री कापी, किताव, कलम, झोला खरिद गर्नका लागि आर्थिक सहयोग प्रदान गरिएको हो ।’

त्यस्तै कार्यक्रममा बोल्दै बास नेपालका जिल्ला सचिव टेकेन्द्र बोहराले बास नेपालले पछिल्ला दिनहरुमा स्वास्थ्य शिक्षा जिविकोपार्जन अन्तरगत बिभिन्न कार्यक्रम गर्दै आएको बताए । भावी दिनमा पनि स्थानीय तहसँग मिलेर विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

प्रतिक्रिया