सेयर वजारमा पर्ख र हेरको अवस्था

खासगरी सेयर बजार बैँकको ब्याजदरमा निर्भर रहेन गर्छ । ब्याजदर बढि भयो भने सेयर बजार खस्कन्छ र ब्याजदर कम भयो भने सेयर बजार बढ्छ । सेयरमा सबैभन्दा बढि असर पार्ने भनेकै तरलता अभावले हो । अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने व्याजदर सर्वसाधारणलाई ११ दशमलब शुन्य ३ रहेको छ भने संस्थागत तर्फ भने ९ दशमलव शुन्य ३ प्रतिशत रहेको छ । तर कर्जा प्रवाह गर्दा भने त्यस्ता बित्तीय संस्थाहरुले १३/१४ प्रतिशत सम्म व्याज लिने गरेका छन । यो संगै अधिक तरलताको कारण सेयर कर्जा ठप्प जस्तै रहेको छ ।

काठमाडौं । लामो समय देखी सेयर बजारमा सुधार आउन सकेको छैन । सातामा दुई दिन नेप्से परिसुचक बढ्यो भने ३ दिन घट्ने गरेको कारोवारले देखाएको छ । यस्तो अवस्था आउनुमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकै कारण हुन सक्ने आकलन गरिएको छ । सरकारले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन आगामी ४ मंसिरमा गर्ने निर्णय सार्वजनिक गरीसकेको छ । यो पटक प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन पनि एकै चरणमा गर्ने निर्णय गरिएको छ । निर्वाचनको घोषणा संगै आम नागरिकलाई देखाउनको लागि मुद्राको भाउ कमजोर तथा वस्तु अनि सेवाको मुल्य महगो (इन्फ्लेसन) गर्न सक्ने संभावना पनि देखिएको छ । अहिलेको अवस्थामा भाउ बढाउनु भन्दा वस्तु तथा सेवाको आयतन वा परिणाम घटाएर बेच्ने पद्धतिको अभ्यास (श्रींकफ्लेसन) सुरु गरेमा अघोषित रुपमा आम नागरिक बस्तु तथा सेवको मुल्य बढि तिर्न बाध्य हुनेछन । जस्ले आम नागरिकको दैनीकि थप चौपट पु¥याउने छ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष पृथ्वीराज लिगलले बैंकहरूले ब्याजदर बढाउनुको मुख्य कारण ‘मनी सप्लाइ’ कम होस भनेर हो । ब्याजदर बढेपछि सामानको माग कम हुनुसंगै र मूल्यवृद्धि कम हुन्छ भनेर यस्तो नीति लिएपनि मुल्यबृद्धि घट्न नसकको उनको भनाई छ ।

निर्वाचनले आयातीत बस्तु बढाउछ भने सोही अनुपातमा मुल्य बढाउने गर्छ । निर्वाचनको लागि रकम जोहो गर्न राजनीतिक दलहरुले उद्योगपति र व्यवासयीसंग स्वार्थयुक्त सांठगाँठ गर्ने गरेको बिगतको निर्वाचनले देखाएको छ । यो संगै राजनीतिक दलले चन्दा असुली कार्यलाई तिव्र बनाउने,चन्दा दिने उद्योगपति र व्यवसायीले अनौपचारिक राजनीतिक सहमतीमा आफुले प्रदान गरेको रकममा ब्याज संगै थप अतिरिक्त नाफा जोडेर बस्तु तथा सेवाको मुल्य निर्धारण गर्ने हुँदा निर्वाचन पछिको मुल्यबृद्धि अझ बढ्न सक्ने देखिएको छ । यस्तो अवस्थामा साना लगानीकर्तालाई घर खर्चको जोहो गर्न सकस भएकोले त्यस्ता व्यक्तिको लगानी सेयर बजारमा आउने संभावना देखिदैन ।

यो भन्दा अघि पनि लगानीकर्ताहरुमा सरकारले १५ जेठमा बजेट सार्वजिनक गरेपछि सेयरमा सुधार आउने एक किसिमको हल्ला चलाइएको थियो । तर बजेटमा सरकारले सेयरबजारलाई खासै सम्बोधन गरेन । बजेट पछि पनि बजार घट्ने क्रमले निरन्तराता पायो । त्यसपछि नेपाल राष्ट बैकले सार्वजनिक गर्ने मौद्रिक नीतिले सेयर बजारमा सुधार आउने अर्को हल्ला बजारमा छरिएको थियो ।
तर देशको आर्थिक अवस्था नकारात्मक दिश तर्फ जान सक्ने भन्दै नीति सार्वजनिक हुनु भन्दा अघिनै केन्द्रीय बैकले कसिलो मौदिक नीति आउने संकेत गरेको थियो । सोही अनुसार मौद्रिक नीति सार्वजनिक भयो । मौद्रिक नीतिलाई हेर्ने हो भने मुद्रा सृजना तथा निस्काषन, मुद्रा बिस्तार तथा संकुचन, अर्थव्यवस्थाको मौद्रिकिकरण, मुद्राको बिनिमय दर निर्धारण, विदेशी विनिमय तथा समग्र मुद्रा व्यवस्थापन सम्बन्धी प्रचलित सार्वजनिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकको मुद्रा व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्था अर्थात मुद्रा निष्कासशन, विस्तार तथा संकुचन, बिनिमय दर निर्धारण एवं नियन्त्रण तथा मुद्रा व्यवस्थापन सम्बन्धी ऐन, नियम, कार्यविधि, निर्देशिका, मापदण्ड, प्रथा, परम्परा,अदालतका नजीर, मुद्रा व्यवस्थापन सम्बन्धमा आवधिक योजनामा उल्लेखित व्यवस्था, बजेट तथा कार्यक्रम, सन्धि सम्झौता, सरकारी निर्णय तथा आदेश एवं प्रतिवद्धता समेतलाई मौद्रिक नीतिले समेटनु पर्छ ।

मुद्रा व्यवस्थापनको मार्गदर्शन तथा मार्ग चित्रको रुपमा लिइने नीतिले मुद्रा व्यवस्थापन र सो सम्वन्धी संस्थागत व्यवस्था, नीतिगत व्यवस्था र पर्यावरणीय पक्षको बारेमा निर्देश गर्ने गर्छ । यसलाई समष्टिगत आर्थिक नीति एवं आधारभुत नीतिको रुपमा लिइने गरिन्छ । मौद्रिक नीतिले अर्थतन्त्रको संरचना एवं प्रकृति, अर्थतन्त्रको आयतन, जनताको आर्थिक अवस्था र सामाजिक न्यायको पक्ष, पुँजी बजारको अवस्था, मुलुकको आर्थिक उदेश्य तथा नीति, मुलुकको वित्तीय एवं मौद्रिक स्थिति, वित्तीय तथा मौद्रिक नीतिको उद्देश्यलाई कार्यान्वयन गर्नुपर्छ ।

मौद्रिक नीतिले वित्तीय क्षेत्र सुधारका औजारको रुपमा रहेको ब्याज कोरिडोर, सुपरिवेक्षण, बंैकिङ सेवाको पहुँच विस्तार, वित्तीय समावेशीकरण, वित्तीय साक्षरता अभियान, निक्षेपको सुरक्षण सीमा वृद्धि, विदेशी बैंक शाखा स्थापना, आर्थिक पुनरुत्थान, जस्ता कुरालाई प्रथामिकतामा राख्छ । जस्ले गर्दा सेयर बजारलाई मात्रै नीतिले लक्षित गर्न सक्दैन ।

तर पनि नीतिले सेयर धितो राखी प्रबाह हुने मार्जिन कर्जाको एकल ग्राहक सिमा वा सवै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने अधिकतम सीमा १२ करोड कायम गरेको छ । एक बैंकबाट ४ करोड र समग्रमा १२ करोड रुपैयाँ सेयर धितो कर्जा लिन पाउने यस अघिको व्यवस्थाबाट ४ करोडको सिमा हटाएर एउटै बैंकबाट अधिकतम १२ करोड रुपैयाँ लिन पाउने व्यवस्था नीतिले गरेको छ । यो संगै सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको सिमामा शतप्रतित र सोभन्दा माथिको कर्जामा १५० प्रतिशतको व्यवस्था ग¥र्यो । यसलाई सेयर बजारमा आवद्ध संघ, संस्था र संगठनले स्वागत गरे । आफुहरुले राखेका मागहरु मौद्रिक नीतिले समेटेको भन्दै त्यस्ता संघ संस्थाका अधिकारिक व्यक्तिले नै सामाजिक संजालमा सरकारले लगानीकर्ताको समस्या समाधान गरेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

तर सेयर बजारमा सुधार आउनुको सट्टा घट्ने क्रमले निरन्तरता पाउने क्रम जारी रहेको छ । मौद्रिक नीतिले घरजग्गा कारोवारमा केही कडाई गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले घरजग्गा खरिदमा कर्जा प्रवाह गर्दा काठमाडौं उपत्यकामा मूल्यको बढीमा ३० प्रतिशत र उपत्यकाबाहिर बढीमा ४० प्रतिशत मात्र प्रवाह गर्न पाउनेछन । यो भन्दा अघि काठमाडौं उपत्यकामा ४० प्रतिशत र बाहिर ५० प्रतिशतको सिमा रहेको थियो । घर जग्गा क्षेत्रमा गरिने कर्जा अनुत्पादक लगानीमा पर्छ । त्यस्ता क्षेत्रमा जाने रकम सेयर बजारमा आउने अर्को हल्लाले बजारलाई चलायामान बनाएपनि सुधार भने आउन सकेन ।

मौद्रिक नीति मार्फत लामो समय देखी देखिदै आएको बैँकं तथा बित्तीय क्षेत्रमा लगानी योग्य रकम (तरलता)को अवस्थामा सुधार गर्दै नियन्त्रण बाहिर जान थालेको मुल्यबृद्धिलाई घटाउने तर्फ आम नागरिकले अपेक्षा गरेका थिए । तर मौद्रिक नीतिले तरलता अभाव झन चर्कने र मुल्यबृद्धि अहिलेको भन्दै धेरै बढने संकेत गरेको थियो ।

नीतिले तरलता व्यवस्थापनका लागि खासै नयाँ व्यवस्था गर्न सकेन । राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित गर्न भन्दै ३ प्रतिशत रहेको अनिवार्य नगद मौज्दात (सिआरआर) लाई ४ प्रतिशत पु¥यायो । सिआरआर बैंकहरुले राष्ट्र बैंकमा नगद मै राख्नुपर्ने रकम हो । एक प्रतिशत थप रकम बढाएको कारण तरलता अभावको समयमा यस्ले तरलता अभावलाई झन बढाउन सहयोग पु¥यायो । यस्तो रकममा ब्याज प्राप्त नहुने भएकाले यसबाट बैंकहरुको लागत वृद्धि हुन पुगेको छ । सिआरआरको दर घटाएको भएमात्रै तरलता अभावमा केही सहजता आउने थियो । विगत लामो समयदेखिको तरलता समस्या समाधान भइहाल्ने अवस्थाको पनि नीतिले अन्त्य गरेको हुँदा सेयरमा सुधार आउने संभावना कम नै देखिएको छ ।
मौद्रिक नीतिले बैंँक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट कर्जा लिँदा तिर्नुपर्ने ब्याजदर १ दशमलव ५ प्रतिशतले बढाएर ८ दशमलव ५ प्रतिशत पु¥याइएको छ । स्थायी तरलता सुविधा (एसएलएफ) को समय ७ दिनबाट घटाएर ५ दिनमा झारिएको छ । यस्ले बैंक तथा वित्तीय संस्थाको ब्याजदर तत्कालै बढाउन सहयोग पु¥यायो । यस्ले कर्जा दर अझ बढ्न सहयोग पु¥यायो । केही महिनायता उकालो लाग्दै आएको मूल्य वृद्धिदर पुनः बढ्न थालेको छ । अमेरिकी डलरसँग नेपाली मुद्रा अवमूल्यन हुने क्रम पनि जारी रहेको छ । यस्तो अवस्थामा सेयर बजारमा सुधार आउन सक्ने संभावना देखिदैन ।

सेयर वजारमा सबैभन्दा बढि असर पार्ने भनेकै तरलता अभावले हो । अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने व्याजदर सर्वसाधारणलाई ११ दशमलब शुन्य ३ प्रतिशत रहेको छ भने संस्थागत तर्फ भने ९ दशमलव शुन्य ३ प्रतिशत रहेको छ । तर कर्जा प्रवाह गर्दा भने त्यस्ता संस्थाहरुले १३÷१४ प्रतिशत सम्म व्याज लिने गरेको छन । यो संगै अधिक तरलताको कारण सेयर कर्जा ठप्प जस्तै रहेको छ ।

अस्वभाविक गतिविधि हाबी

काठमाडौं । सेयर बजार तल झर्ने कार्यले अझै निरन्तरता पाउने देखिएको छ । बढेका बेला ट्रेडरहरुले सेयर बिक्री गर्नु र खदिरका लागि अझै पनि मौका हेरेर बसेका कारण बजारमा क्रेताको उपस्थिति कमजोर देखिएको छ । क्रेता पक्ष सेयर खरिद तर्फ आकर्षित हुन नसकेपछि नेप्से कमजोर देखिएको हो ।
लाभांश वितरण गर्ने सिजन सुरु भैसकेको छ । औसतमा कम्पनीहरुको नाफा बढेको, पुँजी बजारका नीतिहरु क्रमशः सकारात्मक बन्दै गएपनि सेयर बजारको आकर्षण कम नै देखिएको छ । नेप्सेमा आकर्षक सुधारका लागि भने तरलता अवस्था सहज हुनु पर्ने कारोवारले देखाएको छ । तरलता अभावले झन्डै डेढ वर्षको चक्र पार गरिसकेको छ ।

बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा ट्रेडर हावी भएकोले नेप्सेको वृद्धि टिक्न सकेको छैन । थोरै फाइदामा पनि नाफा बुक गर्नेहरु हावी हुँदा बजार लामो समयदेखि प्रभावित हुँदै आएको लगानीकर्ता प्रदिप अधिकारीको भनाई छ । बजार वियरिस ट्रेन्डमा रहेकाले पनि अल्पकालीन कारोबार गर्ने व्यक्ति र समुह हावी हुन थालेको बजारले देखाएको छ । महँगो ब्याजदर र तरलता अभावको कारण देखाउदै ट्रेडरहरुले निकै छिटो र थोरै फाइदामा पनि सेयर बेच्ने गरेका छन् ।

सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको सबैभन्दा बढी भूमिका रहने गर्छ । सोही कारण पछिल्लो केही समययता बजारमा अनिश्तिता छाएको छ । सूचक निकै सुस्त बन्दा कारोबार रकम पनि खुम्चिएको छ । सेयर बजारका लागि तुलनात्मक रुपमा बजारमा सुधार आउने आकलन गरिएको थियो । जस्को कारण बजारले उचाई लिन सक्ने अनुमान बजारमा व्याप्त थियो । तर त्यस्तो अनुमानले बजारमा कुनै स्थान लिन सकेन । महँगो ब्याजदर र तरलता अभावको कारण देखाउदै ट्रेडरहरुले निकै छिटो र थोरै नाफामा कारोबार गरेकै कारण बजार निरन्तर घट्ने क्रममा रहेको हो ।

तर नेप्सेको साइकल हेर्दा कारोबार तल माथी हुनु स्वभाविक प्रक्रिया हो । घटेको बजार फेरि माथि जाने भएकाले सोही अनुसार लगानीसम्बन्धी रणनीति तय गनुपर्ने खाँचोको आवश्यकता देखिएको छ । हाम्रो पुँजी बजार धेरै भोलाटाइल भएको नियामक निकायले स्विकार गरीसकेकोले आधुनिक अर्थतन्त्रमा भुक्तानी प्रणाली, अधिक तरलता जस्ता कुरामा सरकार सम्वेदनसिल बन्न सकेको देखिदैन । खासगरी सेयर बजार बैकको ब्याजदरमा निर्भार रहेन गर्छ । ब्याजदर बढि भयो भने सेयर बजार खस्कन्छ र ब्याजदर कम भयो भने सेयर बजार बढ्छ ।

धितोपत्रको दोस्रो बजार सुपरिवेक्षण पूर्वाधार तथा अभ्याससम्बन्धी कमी कमजोरीका कारणले सेयर बजारमा ठूलो उतार चढाव आउने गरेको छ । यो बिगतमा पनि हुने गथ्र्यो भने अहिले यो क्रमले ब्यापकता पाएको छ । बजारमा बढेको अस्वभाविक गतिबिधि सगै भित्री कारोबार मात्रै मौलाउने क्रमले ब्यापकता पाएको देखिन्छ । सेयर बजारलाई असर गर्ने निर्णयहरू कम्पनीबाट औपचारिक रूपमा सार्वजनिक हुनुअघि विभिन्न माध्यममार्फत चुहाएर सेयर कारोबवार गर्ने प्रचलनले बजारमा बिकृत मानसिकता बढाएको छ ।

प्रतिक्रिया