डीजी पेका ग्राहकलाई स्टार हस्पिटलमा १० प्रतिशत छुट

काठमाडाैं । डीजी पे र ललितपुरस्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत डीजी पेले ल्याएको व्यावसायिक तथा घरदैलो योजना डीजी पेमा आबद्ध हुने सम्पूर्ण ग्राहकहरूले स्टार हस्पिटलको सौजन्य ८२५ रुपैयाँमा दुइवटा, १ हजार ६५० रुपैयाँबराबरमा ओपीडी टिकट नि:शुल्क पाउनेछन् ।

साथै, बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन् । सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डीजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा स्टार हस्पिटल र डीजी पेका विभिन्न व्यक्तित्वहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया