राष्ट्रपति भण्डारी आलोचित बन्ने ९ घटना

काठमाडौं । नागरिकता विधेयकलाई सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएपछि उनको पक्ष र विपक्षुमा मतहरू व्यक्त भइरहेका छन् ।

विशेषगरी सत्तारूढ गठबन्धनमा रहेका वा निकट व्यक्तिहरूले राष्ट्रपतिको कदमको आलोचना गरिरहेका छन् भने प्रतिपक्षी दल निकटस्थहरूले उक्त कदमलाई उचित भनिरहेका छन् ।

यद्यपि सत्ता गठबन्धनकै केही दलका नेता र कार्यकर्ताले पनि राष्ट्रपतिले सही कदम उठाएको भन्ने तर्क गरिरहेका छन् ।

उनले गरेका निर्णय तथा उनी जोडिएका विषयबाट राष्ट्रपति भण्डारी आलोचित बनेको यो पहिलो पटक भने होइन ।

कतिपय विषयलाई लिएर यसअघि पनि उनको पटक–पटक आलोचना भएको थियो । तीमध्ये राष्ट्रपति भण्डारीको आलोचना भएका केही घटना यस्ता छन् :

१ . सवारीसम्बन्धी विषय

राष्ट्रपति बनेदेखि नै विद्यादेवी भण्डारीको सवारीलाई लिएर आलोचना हुने गरेको थियो । त्यसअघि पनि अति विशिष्ट व्यक्तिहरूको औपचारिक सवारीमा नागरिकले सास्ती पाएको गुनासो हुने गर्थ्यो ।

भण्डारीले राष्ट्रपति बनेपछि पनि त्यसमा सुधार हुन नसकेपछि उनी आलोचनाको पात्र बनेकी थिइन् । उनका पछिल्ला सवारीमा भने त्यस्तो गुनासो आउन छाडेको छ ।

नागरिकको आलोचनापछि राष्ट्रपतिको सवारीमा पहिलेको भन्दा सुधार भएको जस्तो देखिएको धेरैको बुझाइ छ ।

२. हेलिप्याड र महँगा गाडी

विसं २०७५ सालमा राष्ट्रपति कार्यालय हातामै हेलिप्याड बनाउन गरिएको एउटा निर्णयका कारण राष्ट्रपति भण्डारीको आलोचना भएको थियो ।

त्यस बेला मन्त्रिपरिषद्ले राष्ट्रपति कार्यालयसँग रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो ।

दलहरूबीच मतभेदमाझ नागरिकतासम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित उक्त निर्णय राष्ट्रपतिको चाहनामा भएको र प्रहरी प्रशिक्षण प्रतिष्ठान रहेको स्थानमा उनका लागि हेलिप्याड बनाइने समाचारहरू सार्वजनिक भएका थिए । तर, उक्त निर्णयबारे थप प्रक्रियाहरू अघि बढेको जानकारीमा आएको छैन ।

यद्यपि त्यस बेलाको सरकारले मन्त्रिपरिद्को उक्त निर्णय राष्ट्रपतिको आग्रहमा नभई सरकारले आवश्यक ठानेरू गरेको स्पष्ट गरेको थियो । त्यस बेला राष्ट्रपतिका लागि महँगा गाडीहरू किन्न लागिएको विषयले पनि उनको आलोचना भएको थियो ।

३. लिफ्ट उद्घाटन

विसं २०७५ सालमै पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा निर्मित लिफ्टको उद्घाटन गर्न गएकोबारे पनि उनले आलोचनाको सामना गर्नुपर्‍यो।

राष्ट्रपतिको पदमा रहेको व्यक्ति एकदमै सामान्य खाले कार्यक्रमहरूमा सहभागी हुन गएको भन्दै उनको आलोचना भएको थियो।
उनले राष्ट्रपतिको मर्यादा राख्न नसकेको भन्दै धेरैले टिप्पणी गरेका थिए।

४. कतार भ्रमण

विभिन्न देशहरूले कतारमा लामो समयदेखि नाकाबन्दी लगाएका बेला उक्त देशको भ्रमण गर्दा पनि कतिपयले भण्डारीको आलोचना गरेका थिए ।

दोस्रो पटक राष्ट्रपति बनेपछि उनको त्यो पहिलो विदेश भ्रमण थियो । केही कूटनीतिज्ञहरूले उनको भ्रमणलाई ‘अपरिपक्व’ भन्दै सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए ।

राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने द्विपक्षीय सम्बन्ध सुधारका लागि कतारको भ्रमण गरिएको भन्दै त्यसको बचाउ गरेका थिए ।

राष्ट्रपति भण्डारीले २०७५ सालमा चार दिने कतार भ्रमण गरेकी थिइन् । त्यसै वर्ष बडादशैँमा राष्ट्रपति टीकाका कारण पनि आलोचिन बन्न पुगिन् ।

उनले टीका लगाइदिएका केही तस्बिरहरू दशैँको टीकालगत्तै भाइरल भएका थिए । राष्ट्रपपछि ध्यान नपुग्दा त्यस्तो भएको बताएका थिए ।

५. गणतन्त्रको दशैँमा ‘राजतन्त्रका अवशेषु

त्यस बेला केही बहालवाला र पूर्वविशिष्ट अधिकारीहरूले भण्डारीको हातबाट टीका लगाउँदा उनको अगाडि घुँडा टेकेका तस्बिरहरू सार्वजनिक हुँदा विवाद निम्तिएको थियो ।

राष्ट्रपतिका सल्लाहकारहरूले भने उक्त घटनाको बचाउ गरेका थिए । उनीहरूले नेपाली सेनाका अधिकारीहरू आएपछि सैनिक मर्यादाका हिसाबले कुर्सीहरू हटाइएको र त्यस

६. ‘पार्टीको विवाद मिलाउने’ प्रयास गरेको आरोप

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले उक्त दलका नेताहरूलाई राष्ट्रपति कार्यालयमा सामूहिक रूपमा भेटेकी थिइन् ।

त्यस विषयमा पनि उनले आलोचनाको सामना गर्नुपर्यो । त्यतिबेला ‘राष्ट्रपतिले पार्टीभित्रको विवाद मिलाउन खोजेको’ आरोप लागेको थियो ।

७. दल विभाजन सहज बनाउने अध्यादेश जारी

नेकपासम्बन्धी फैसला सर्वोच्च अदालतले पुनरवलोकन नगर्ने, माओवादी केन्द्र असन्तुष्ट उनले २०७७ असारमा तत्कालीन नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाललाई राष्ट्रपति कार्यालयमै भेटेकी थिइन् ।

त्यस बेला नेकपाभित्र तीव्र विवाद थियो भने उक्त दल फुटको संघारमा पुगेको थियो ।

पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने षड्यन्त्र भइरहेको’ दाबी गरेका बेला तीन नेताले राष्ट्रपतिसँग भेट गरेका थि ए ।

८. संसद्‌ विघटनलाई सदर

पार्टीभित्रको विवाद बढेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको घोषणा गर्न गरेको सिफारिसलाई केही घण्टाभित्रै सदर गरिदिएपछि पनि भण्डारीको आलोचना भएको थियो ।

ओलीले पहिलो पटक विसं २०७७ पौष ५ गते संसद् विघटन गरेका थिए । त्यस्तै दोस्रो पटक उनले विसं २०७८ जेठ ८ गते मध्यरातमा संसद् विघटन गरे ।

राष्ट्रपतिको उक्त कार्यप्रति विपक्षी दलसहित नागरिक समाजका व्यक्तिले कडा आलोचना गरेका थिए । उनीहरूले राष्ट्रपतिले निष्पक्ष भूमिका खेल्न नसकेको बताएका थिए ।

त्यस बेला पूर्वप्रधानन्यायाधीशहरूले समेत उनको आलोचना गरेका थिए भने केहीले त उनीमाथि महाभियोग लगाउनुपर्ने माग समेत गरेका थिए ।

९. नागरिकता विधेयक फिर्ता

पहिले विभिन्न विषयमा आलोचना खेपेकी राष्ट्रपति भण्डारी पछिल्लो पटक भने संसद्‌बाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता पठाएपछि विवादमा तानिएकी छन् ।

यद्यपि संविधानले उनलाई एक पटकका लागि त्यसरी विधेयक फिर्ता पठाउने अधिकार दिएको छ । भण्डारीले आइतबार नागरिकता विधेयकलाई सन्देशसहित फिर्ता पठाएकी हुन् ।

त्यसलाई लिएर सत्ताधारी नेपाली कांग्रेसका नेता–कार्यकर्तादेखि कतिपय नागरिक समाजका व्यक्तिहरूले पनि उनको आलोचना गरिरहेका छन् ।

उनीहरूले राष्ट्रपतिले निष्पक्ष भूमिका निर्वाह नगरेको र आसन्न निर्वाचनमा नेकपा एमालेलाई फाइदा पुर्‍याउनेगरी निर्णय गरेको आरोप लगाएका छन् ।

यद्यपि एमालेका नेता र कार्यकर्ताले संविधानले दिएको अधिकार राष्ट्रपतिले प्रयोग गरेको भन्दै त्यसको प्रतिरक्षा गरिरहेका छन् ।– बीबीसी नेपाली

प्रतिक्रिया