समृद्धि फाइनान्सद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं ।समृद्धि फाइनान्सले हेटौडा, पुतलीसडक र बुटवलमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले हेटौडा उमनपा वडा नम्बर–१ मा रहेको अमर माध्यमिक बिद्यालय, काठमाडौँको महाराजगंजमा रहेको शिवपुरी उच्च माध्यमिक विद्यालय र बुटवल वडा–११ मा रहेको मायादेवी जनजागृति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यआयोजना गरेको थियो ।


कार्यक्रमअन्तर्गत २ सय ७० जना विद्यार्थीलाई १ हजार ३ सय ५० थान कापी र २ सय ७० थान पेन वितरण भएको संस्थाका कामु प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी गराए । फाइनान्सले श्रावण २५ गते नारायणगढ भमनपा–१ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय र पोखरा–२१ मा रहेको बयाली आधारभूत बिद्यालयमा पनि शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्य गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया