सभामुखको कुनै भूमिका देखिएन : शिवमाया तुम्बाहाम्फे

काठमाडौं । एमालेकी सांसद शिवमाया तुम्बाहाम्फेले सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई दिने सन्दर्भमा सभामुखको समेत भूमिका नदेखिएको भन्दै प्रश्न गरेकी छन् ।

उनले लेखा समितिको सभापति विपक्षीलाई दिने सम्दन्र्भमा समस्या उत्पन्न भए समाधान गर्नेमा सभामुखले भूमिका खेल्नुपर्ने र आफुहरुले सभामुखबाट भूमिकाको अपेक्षा गरेको बताइन् ।

‘सार्वजनिक लेखा समितिले संसदीय अभयासलाई चुनौती दिइरहेको छ, प्रमुख प्रतिपक्षी दललाई दिइन्छ भन्ने कुरा सभामुखले नै बिर्सनुभयो कि’, उनले भनिन्, तपाईंको भूमिका खै ?, तपाईंको भूमिका चाहेका थियौँ देखिएन, त्यो समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिइनुपर्छ ।’

संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने गरिन्छ । यो अभ्यास नेपालले पनि गर्दै आएको छ ।

तर, कांग्रेस सरकारमा गएको एक वर्ष वितिसक्दा पनि लेखा समितिको सभापतिमा कांग्रेसका भरत शाह छन् । उनले आफ्नो पार्टी सरकारमा गएको एक बर्ष नाघिसक्दा समेत सभापति शाहले राजीनामा नदिएको शिवमायाको भनाई छ ।

प्रतिक्रिया