‘ढल्केला ढल्केला’मा अनिता लिम्बू

काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कमल खत्री र अनिता लिम्बुको शब्द तथा संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडेल अनिता लिम्बुलाई हट अवतारमा प्रस्तुत गरिएको छ । कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको ‘ढल्केला ढल्केला’को भिडियोलाई मोडेल एवं यही भिडियोकी निर्मात्री अनिता लिम्बुको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

साथै गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई १० हजार रुपैयाँ पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिइन् । जसको लागि भिडियो बनाएर टिकटक एकाउन्टमा इनबक्स गर्नुपर्नेछ । लन्डनमा आयोजना हुने अधिकांश र्याम्प सोहरूमा विदेशी मोडलहरूसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधिहरू पनि जितिसकेकी मोडेल अनिता लिम्बुले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

प्रतिक्रिया