ओलीलाई भेट्न बालकोट पुगे कुन्ती र रेखा

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने आंकलनका बीच उनीहरूबीच भेटवार्ता भएको हो ।

ओलीलाई भेट्न शाही र थापा ओलीकै निवास बालकोट पुगेका हुन् । बुधबार भएको भेटवार्ता उनीहरूबीच समसामयिक राजनीति र चुनावबारे छलफल भएको बताइएको छ ।

त्यस्तै, उनीहरूबीच प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्वका विषयमा कुराकानी भएको छ । उनीहरूले बालकोटमा करिब डेढ घण्टा बिताएर फर्किएका थिए ।

प्रतिक्रिया