नेसनल लाइफ इन्स्योरेन्सको बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न

काठमाडौं । ‘रिचिङ द पिनाकल २०७९÷८०’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ ।

आव २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बिमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १ सय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जीवन बिमा व्यवसाय झनै प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व हामीमाथि आएकाले आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बिमा बजारमा अग्रस्थानमा पु¥याउन हामी सबैले अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिएको थियो ।

कर्मचारीकोे व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले केएफए बिजनेस स्कुलका फाउन्डर तथा एक्जुकेटिभ चेयरमेन रेस्टा झा, सोही संस्थाका सीईओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागी कर्मचारीलाई सेल्स मोटिभेसन तथा स्किल डेभलपमेन्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेको थियो । आव २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालयलगायत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालय र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

प्रतिक्रिया