ए डिभिजन लिग पुस ८ गते सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्षका लागि सहिद स्मारक ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको मिति तय गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी असार ६ गते निर्वाचित एन्फाको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिग पुस ८ देखि चैत ४ गते सम्म सञ्चालन गर्ने तय गरेको जानकारी बैठकमा सहभागी एक पदाधिकारीले दिए ।

ए डिभिजन लिग सकिए लगत्तै चैत ६ देखि बी डिभिजन लिग सुरु हुनेछ । बी लिगका २०८० वैशाख १५ गते सम्पन्न हुनेछ । त्यस्तै सी डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गते सम्म आयोजना गर्ने एन्फाको योजना रहेको छ । गत वर्ष फागुनमा सम्पन्न ए डिभिजन लिगमा मछिन्द्र फुटबल च्याम्पियन बनेको थियो ।

‘सी’ डिभिजन छनोट असोजमा

एन्फाले सी डिभिजन लिग भने असोज १ देखि असोज ३० गते सम्म आयोजना गर्ने निर्णय गरेको छ । सोही बैठकले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज २३ देखि मंसिर २ गते सम्म गर्न दिने निर्णय लिएको बताइएको छ । एनएसएल आयोजकसँग छलफलका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा समिति गठन भएको छ ।

प्रतिक्रिया