महिला संघको अध्यक्षमा उषा राउत नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन् । सभापति शेरबहादुर देउवाले दलको विधानअनुसार मिश्रलाई बिहीबार महिला संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत १५, २०७८ को बैठकको निर्णयअनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वत: विघटन भएको भ्रातृ संघ नेपाल महिला संघको अध्यक्ष पदमा श्री उषाकुमारी राउत मिश्र (सिरहा) लाई नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया