नाराणकाजीले किन डोर्याउदै बाबुरामलाई पुर्याए प्रचण्डसँग ?

गोरखामा नारायाणकाजी र बाबुरामको राजनीति : जोगी देखि भैसी र भैसीदेखि जोगी डराए जस्तो

काठमामडौं, । बिहानको पौने नौ बज्नै लाग्दा दुई सरकारी भीआइपी हातीवनको निजी निवास प्रवेश गरे । धेरैलाई यो प्रवेश बारे पूर्ब सूचना थाहा थिएन । बिहीबार बिहान मात्रै नारयाणकाजी श्रैष्ठले प्रचण्डलाई फोन गरेर समय मागेका थिए । जापानको चार दिने भ्रमण सकेर बुुधबार मात्र स्वदेश फर्किएका प्रचण्डले बिहीबार बिहान नौ बजे भेट गर्ने र यस सम्बन्धवमा सचिवालयमा मिलाउन श्रेष्ठलाई आग्रह गरेका थिए । श्रेष्ठले साथमा डोर्याएर प्रचण्ड समक्ष पुर्एका नेता थिए पूर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराई । उपेन्द्र यादवको पार्टीसँग औपचारिक रुपमा छुट्टिएका भट्टराई , श्रेष्ठ र अध्यक्ष प्रचण्डबीच लामै छलफल भएको स्रोतले बतायो ।

श्रेष्ठ र भट्टराई माओवादी जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आएपछिको प्रचण्डको नजिक हुने भन्नेमा ठुलै दौडमा रहन्थे। कुनै बेला प्रचण्डको नजिक श्रेष्ठ हुन्थे भने कुनै बेला भट्टराई। तर अस्थिर राजनीतिका प्रतिक मानिएका भट्टराई बिभिन्न्न पार्टी खोल्दै २०७४ सालको निर्वाचनमा नयाँं शक्ति पार्टीको नामबाट गोरखा २ बाट चुनाव लडे। तर संयोग यस्तो पर्यो कि सो क्षेत्रबाट माओवादीका तर्फबाट नारायाणकाजीले चुनाव लडे । अन्ततः करिब तीन हजार मतान्तरले श्रेष्ठले चुनाव हारे ।

स्रोतका अनुसार यसपटक पनि डा भट्टाराइृले सोही क्षेत्रबाट चुनाव लड्ने ईच्छा गरेका छन् । तर उनले नारायाणकाजी श्रेष्ठलाई कम्जोर मानेका छैनन् । त्यसमाथि पनि गठबन्धन भयो भने भट्टराईलाई श्रेष्ठले धौ धौ पार्ने छन् । त्यसैले उनलाई सजिलै सेफ ल्याण्डिङ गर्न चाहन्छन् श्रेष्ठ । यस बिषयमा छलफल गर्न श्रेष्ठले भट्टराईलाई बिहीबार खुमलटार पुर्याएको बताइको छ । भनिन्छ यी दुई नेता गोारखाको राजनीतिमा भैसी देखि जोगी र जोगीदेखि भैसी डराउने जस्तो एक आपसमा डराँउछन् ।

डा. भट्टराईले औपचारिक रुपमा आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि राजनीतिक भेटवार्ता अघि बढाएका हुन् । यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई भेट्ने योजना बनाएको स्राेतले बतायो।

प्रतिक्रिया