प्रचण्ड र बाबुरामबीच मोर्चा बनाउने छलफल

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाउने प्रस्ताव राखेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेर मोर्चाबारे छलफल गरेका हुन् ।

नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले मोर्चा बनाउने तथा एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेकाे र प्रचण्ड र नारायणकाजी श्रेष्ठले सल्लाह गरौंला भन्न् जवाफ दिएकाे बताइएकाे छ ।’ भट्टराईले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया