बिओके र फोकसवान पेमेन्ट सोलुसन्स बीच सहकार्य

काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके) र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालि बाट सञ्चालित मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी सहकार्य गरेको छ । यस सम्झौता पश्चात् बैंकका कार्डबाहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन । बैंकका कार्डबाहकले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाको उपभोग गर्न सक्नेछन ।

भुक्तानी सेवामा मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाको उपभोग मिल्ने छ । साथै, बैंकका कार्डबाहकले मोको मार्फत स्क्यान गरी १ हजार ५ सय भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्ने पनि उल्लेख छ ।

यो संगै बैंकका कार्डबाहकले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाको भुक्तानी तुरुन्तै गर्न सक्नेछन । यस सेवाको प्रयोग गर्न ग्राहकले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी बिओकेको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ । हालसम्म बिओकेले १ सय ३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिग सुविधा प्रदान गर्दै आईरहेको पनि विज्ञपितमा उल्लेख छ ।

प्रतिक्रिया