आइएमई जनरल इन्स्योरेन्सद्धारा आर्थिक सहयोग प्रदान

काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० हजार रुपैया नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई सहयोग प्रदान गरेको छ । सो अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका हुन ।

सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न आम नागरिकलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो कार्यमा आइएमई जनरलको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया