मह अभिनित ‘महापुरुष’मा शिवम सिमेन्टको सहकार्य

काठमाडौंं । शिवम् सिमेन्ट लिमिटेड र षटकोण आर्टस विचमा नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झैता भएको छ । उक्त सम्झौतापत्रमा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट के.पि. रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो । त्यसैगरी षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारको उपस्थिती रहेको थियो । उक्त चलचित्र आगामी कात्तिक ११ मा रिलिज हुन गइरहेको छ । मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन । चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेको पनि शिवम् सिमेन्टद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शिवम् सिमेन्टले आफुप्रतिको भरोसालाई मजबुत पार्दै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवं वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिवम्ले गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको पनि दावी गरेको छ । ओपिसि सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम्ले सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी यूक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपिसि सिमेन्ट भएको पनि दावी गरिएको छ ।

प्रतिक्रिया