बझाङकाे दुर्गाथलीमा अध्यक्ष स्वास्थ्य कार्यक्रम सुरु

बझाङ । बझाङकाे दुर्गाथली गाउँपालिकाले अध्यक्ष स्वास्थ कार्यक्रम सुरु गरेको छ । आज एक कार्यक्रमका बीच पालिका भरिका सबै नागरिकको घर- घरमा गएर स्वास्थ्य सेवा दिने अभियान सुरु गरिएको हाे । याे कार्यक्रम महिनाको अन्तिम मंगलवार स्वास्थ्यकर्मीको टोलीले पालिका भरीका प्रतेक वडाका घर-घरमा गएर उपचार स्वास्थ्य चेक जाँच गर्ने दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले बताए ।

अध्यक्ष थापाले भने, ‘पालिका भरीका प्रतेक नागरिक वृद्ध-वृद्धा वालवालिका स्वास्थ्य चेकजाँच गर्न स्वास्थ चैकी मेडिकल जान नसक्ने भएकाले हामीले अध्यक्ष स्वास्थ कार्यक्रमकाे सुरुवात गरेका हाैँ ।’

गाउँ घरमै निशुल्क स्वास्थ्य चेक जाँच औषधी उपचार पाएपछी वालवालिका वृद्ध-वृद्धा निकै खुसी भएकाे स्थानीय कमल थापाले बताए । दुर्गाथली गाउपालिकाले यसै आर्थिक वर्ष बाट दम, मधुमेह र उच्च रक्तचापका विरामिहरुको लागि औषधी निसुल्क दिने गरि कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया