कुमारी जबमा रजिस्टर पछि जिम सदस्यतामा छुट

काठमाडौँ । कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउने भएको छ । त्यस्तै कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन् । कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले भने,‘ व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्धत गर्छ । कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको काम प्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन् । संस्था अथवा वेबसाइट मार्फत आउने उम्मेदवारहरु एवं कर्मचारीहरुको स्वास्थ्यको लागि यो सम्झौता गर्न पाउँंदा खुशी लागेको छ ।’

काठमाडौँको तीनकुने सुविधानगर स्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिनको लागि इच्छुक व्यक्तिले तीनकुने स्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सक्ने छन । यसरी वेबसाइटमा अथवा कार्यलयमै गएर दर्ता गरे वापत कुनै शुल्क नलाग्ने पनि उल्लेख छ । कुमारी जबले निशुल्क रुपमा योग्यता अनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ र यसबाट रोजगारीको लागि दर्ता गर्दा, आवेदन दिँदा एवम रोजगारी पाइसकेपछि पनि कुनै शुल्क नलाग्ने पनि विज्ञप्त्मिा उल्लेख छ ।

प्रतिक्रिया