बाल खेलाडीको विदाइ

हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विषेश फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने नेपाली टोली आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित विदाइ समारोहपछि सामुहिक तस्बिर खिचाउँदै । टोलीलाई एक कार्यक्रमबीच राखेपका उपाध्यक्ष शिव कोइरालाले विदाइ गरे । प्रशिक्षणमा सहभागी हुने स्वस्तीश्री गुरुकुलको टोली २३ सदस्यीय रहेको छ । नेपाली फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा टोली सोमबार हल्याण्ड प्रस्थान गर्न लागेको हो । प्रशिक्षण साउन २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया