काठमाडौं । सञ्चारकर्मी एवं गायक राजकुमार रायमाझीले आउँदै गरेको तिजको अवसर पारेर ‘नाचेरै भाइरल हुने हो’ नामक गीत ल्याएका छन्
। ज्योतिष हरिहर खरेल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा रायमाझीलाई गायिका गायत्री राना मगरले आवाजमा साथ दिएकी छन् । उक्त गीतमा राजकुमार आफैँले शब्द रचना गर्नुका साथै संगीत भरेका छन् ।
त्यस्तै, गीतको भिडियोमा गायक रायमाझीकै निर्देशन रहेको छ भने मानबहादुर पुनले भिडियोको छायांकन र सम्पादन गरेका हुन् ।
उक्त भिडियोमा राजकुमार आफैं, रामप्रसाद पाठक, गायिका गायत्री राना मगर, निर्मल कार्की, रुबी खरेल, बिनु सुवेदीलगायतले अभिनय गरेका छन् । लामो समयदेखि सञ्चार क्षेत्र र कलाकारीतामा समेत योगदान दिँदै आएका रायमाझीले फरक शैलिमा यस गीत ल्याएको बताए ।
प्रतिक्रिया