खोप नलगाएकालाई थप जटिल हुन्छ

अहिलेको काेराेना संक्रमणबारे डा. अधिकारीलाई ५ प्रश्न

डा. समीर अधिकारी

डा. समीर अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता हुन् । अहिले बढ्दै गएको कोरोना संक्रमणका सम्बन्धमा उनीसंग सौर्य अनलाइनलाइनले गरेको छोटो कुराकानी :

अहिले संक्रमण भईरहेको कोरोना भाइरस कस्तो हो ?

अहिले ब्यापक संक्रमण भइरहेको ओम्रिकन भाइरस हो ।


अघिल्ला र अहिलेको भाइरसमा के फरक छ ?

अहिले देखिएको ओम्रिकन भाइरस हो । त्यसको बीए प्वान्ट फाईभ पनि छ ।


पहिलाको भन्दा कम क्षेति हुने खालको हो कि उस्तै हो ?

अहिलेको संक्रमक क्षेमता धेरै भएको भाइरस हो। तुलनात्मक रुपमा पहिलेको जति क्षेति गर्दैन । तर धेरै संक्रमण भएपछि क्षेतिपनि बढिनै हुने संभावना हुन्छ । बढि संक्रमण भएपछि क्षेति बढी हुन्छ । ज्वारो आउनु । खोकि लाग्नु, वान्त हुनु जस्ता लक्षण देखा पर्न सक्छ। बढि संक्रमण हुदै गएपछि यसले रुप परिवर्तन गर्न सक्छ ।


कोेरोनाविरुद्ध खोप लगाएका र नलगाएकाबीच के फरक हुन्छ अहिलेको संक्रमणमा ?

खोप न लगाएकाहरुलाई जोखिम कमहुन्छ। खोप लगाएकालाई स्वस्थ्य जटिलता कम हुन्छ । तर संक्रमण भने भइरहन्छ । उनीहरुलाई अस्पतालमा भर्ना गर्नुपर्ने, आईसियुमा राख्नुपर्ने अक्सिजन दिनुपर्ने संभावना कम हुन्छ । तर संक्रमणको खतरा भने त्यतिकै हुन्छ। खोप नलगाएकाहरुलाई भने जोखिम बढि हृुन्छ । उनीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने, आईसियुमा राख्नुपर्ने, संभावना तिब्र हुन्छ ।

प्रतिक्रिया