खोलाले बगाएर एकको मृत्यु

उदयपुर । त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मंगलबार मृत्यु भएको छ । त्रियुगा नगरपालिका– ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको खोला तर्ने क्रममा बगाएर मृत्यु भएको हो ।

बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए ।

बजारबाट घर फर्कँदा बगाएर झन्डै ५० मिटर तल पुर्याउँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

थापाका अनुसार स्थानीयबासीले कौवाईस्थित त्रियुगा पुल नजिक लडेको देखेर निकाल्दा उनको मृत्यु भइसकेको थियो । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताए ।

प्रतिक्रिया