कोरोना संक्रमित बढेपछि पाँचथरमा स्वास्थ्य मापदण्ड लागू गर्न आव्हान

पाँचथर । जिल्लामा कोरोना संक्रमित बढेपछि आइतबार जिल्ला कोभिड १९ संकट ब्यबस्थापन समिति (डिसिएमसि) पाँचथरले सबै स्वास्थ्य मापदण्ड लागू गर्न आव्हान गरेको छ । गत सोमबार देखि हालसम्म ८५ जना सङ्कासपद लाइ चेकजाँच गर्दा ३१ जना कोरोना पुष्टि भएको डाक्टर बुद्धिबहादुर थापाले जनाए । ३१ जना संक्रमित मध्ये १० जना बालबालिका रहेका छन् । ३ जना पाँचथर जिल्ला अस्पताल मा भर्ना गरिएको छ।

कोभिड डिसिएमसि समितिको बैंठकले स्वास्थ्य मापदण्ड लागू गर्न आव्हान गरेको हो । उक्त बैठकले,सबै संघ संस्थाहरुले माक्स, सेनिटाइजर, सामाजिक दूरी कार्यन्वयनमा जोड दिन आवहान गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

प्रतिक्रिया