झापा । मेचीनगर नगरपालिका–६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका–६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका–५ घर भई हाल झापा विर्तामोड नगरपालिका–१ भगवान चोक डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेका छन् ।
प्र.३–०१–०२४ च ८००० नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी गाडी चालक पुरन र गाडीमा सवार नागेन्द्रलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताए ।
प्रतिक्रिया