टाटा नेक्सन ईभीको पहिलो बर्ष पुरा

काठमाडौ । सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन इभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ गरेको पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरेको छ । ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सद्वारा गरिएको सिप्रदीले जनाएको छ ।

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको थियो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको छ ।

सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि रहेका छन । त्यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताबाट यो सुसज्जित रहेको पनि उल्लेख छ । फास्ट चार्जिङ्ग र स्लो चार्जिङ्ग दुवैको लागि चर्जिङ्ग स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको उल्लेख छ ।

यसलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप ‘इजी’ एप–मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारले गरिरहेका छन । दक्ष कर्मचारी एवं भौतिक संशाधनको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ ।

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानमा १ सय २० भन्दा बढी एसी चार्जरहरु जडान गरेको पनि उल्लेख छ ।

प्रतिक्रिया