चितवनमा एनओजी राइड सम्पन्न

काठमाडौ । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाट देखि गोलाघाटसम्म एनओजी राइड सम्पन्न गरेको छ । यस राइड चितवनको नारायणघाटबाट शुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागी बीच विभिन्न गेम पनि खेलाइएको थियो । सहभागि सबै राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ६० जना राइडर सहभागि भएको उक्त राइड सबै सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया