नाडा अटो एक्सपो २०२२ स्थगित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा २०७९ साल भाद्र ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को श्रावण १ गते देखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर २०७९ भाद्र १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सिसि भन्दा माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाए पछि यस्तो निर्णय गर्न वाध्य भएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जनाएकाे छ ।

नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा मिति २०७९ श्रावण ८ गते काठमाडौंमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

प्रतिक्रिया