कार्तिकेले बाटोमै जन्माइन् सन्तान

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक फयालगाउँमा स्वास्थ्यकर्मी नभएपछि एक जना महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ । फयालगाउँस्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुदा वडा नम्बर १ मुक्तिकोटकी कार्तिके विकले बाटोमै सन्तान जन्माएकी हुन् ।

गाउँपालिकाबाट यसअघि नियुक्त भएका करारका कर्मचारीको चालु आर्थिक बर्षका लागि करारको म्याद थप नभएपछि कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक पनि गोष्ठीमा गाउँपालिका गएका बेला प्रसुती हुन पुगेकी कार्तिकेले घर फर्किदै गर्दा बाटोमै बच्चा जन्माएकी हुन् । कार्तिके र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ । (न्युज कारखाना)

प्रतिक्रिया