स्वयंभू पुराणअनुसार राजकुमार महासत्वले बोधिसत्व प्राप्त गरेको करिब ३ हजार ५ सय वर्षपछाडि सातौँ किराती राजा जितेदस्तीको राज्यकालमा सिद्धार्थ गौतम बुद्ध काठमाडांै आएका थिए । सोही अवसरमा भक्तपुर, नाला, पनौती, ईटे, शंखेश्वरी हुँदै हिरण्यगिरी गन्धमादन पर्वतमा गएका र राजकुमार माहासत्वलाई अन्त्येष्टि गरिएको समाधि नजिक बसेर एक महिना ध्यानगरी बसेका थिए । ध्यानपश्चात समाधिलाई तीनपटक परिक्रमा गरी नःम बुद्ध भनेर नमन गर्नु (ढोग्नु) भयो । सोही दिनदेखि उक्त समाधिको नाम नःम बुद्ध रहन गएको भनाइ छ ।
संसारमा घटित दुर्लभ घटनामध्ये दरबारको सुख सयलमा बसेका राजकुमारले एउटा हिंस्रक जंगली प्राणी बाघलाई अभयदान (जीवन दान) दिएको बिरलै होला । पाञ्चाल (पनौती) नगरी (देश) का राजा महारथका कान्छा छोरा राजकुमार माहासत्व एक जना यसको पात्र बनेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले दुई राजकुमारहरू सिद्धार्थ गौतम र माहासत्वको जिवनी बुझेर नै आफ्ना भाव पोखेका होलान् ।
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरूलाई दिनु जहाँ छ ?
जातक कथाअनुसार परापूर्वकालमा (करिब ६ हजार वर्ष पहिले (त्रेता युग) राजा महारथले करिब पाँच हजार जनसंख्या भएको हालको काठमाडौंको पूर्वतर्फ रहेको पाञ्चाल (हालको पनौती) मा राजधानी बनाएर राज्य गरेका थिए । कात्तिक शुक्लपक्षका दिन हिरण्यगिरि गन्धमादन पर्वत (हाल कुसुमे सामुदायिक वन) मा राजा, रानी र तीन राजकुमारहरू महादेव, महाप्रसाद र माहासत्व साथमा दरबारका सिकारी दलसहित सिकार खेल्न निस्केका थिए । एक दिन बिहानै तीन राजकुमारहरू सिकार खेल्न छुट्टै निस्किए । सिकार खेली साँझपख शाही शिविरतर्फ फर्कंदै गर्दा तिनीहरूले उक्त घना जंगलको सिरानीमा एउटा रुखको फेदीमा दुब्लो, पातलो भोकले कमजोर एउटा बघिनी र भर्खर जन्मिएका पाँच वटा डमरुहरू जीवन मरणको दोसाँधमा रहेका देखे । ती राजकुमारहरू कमजोर बघिनी र उनका डमरुहरूलाई सिकार नगर्ने भन्दै चुपचाप शिविर (निवास) तर्फ लागे । तर ती मध्ये कान्छा राजकुमार माहासत्वको मनमा ती निरीह प्राणीप्रति करुणा जागेर आयो । तर, उनले आफ्नो मनको भावना दाजुहरू सामु प्रकट गर्न सकेनन् । ती कान्छा राजकुमार सौच गर्ने बहानामा बाघको गुफातिर फर्के भने दुई दाजुहरू शिविरतिर लागे । राजकुमार माहासत्व हतियार एकातिर राखी, कपडा फुकालेर बघिनीको अगाडि लम्पसार परिदिए । बघिनी कमजोर भएर हो वा डरले राजकुमारलाई छोएन । भोकले अत्यन्त कमजोर भई बसेको सुत्केरी बघिनी र भर्खर जन्मेका उसका पाँच वटा डमरुहरूलाई माहासत्वले आफूसँग भएको हतियारले आफ्नो भौतिक शरीर काटेर रगत र मासु खुवाउादै भोका प्राणीहरूको प्राण भर्न आफ्नो जीवन ‘अभयदान’ गरी सहज उत्सर्ग हुँदै बोधिसत्व प्राप्त गर्नुभयो ।
राजपरिवारहरू वैचनीपूर्वक रातभर शिविरमा राजकुमार माहासत्वको पुनरागमनको प्रतिक्षामा बसे । तर, राजकुमार माहासत्व फर्केनन् । भोलिपल्ट बिहानै राजपरिवारका सदस्यहरू दलबलका साथ राजकुमारको खोजीमा चौतफी निस्के । एउटा टोलीले घनाजंगलको बीचमा रगतको टाटा तथा आलो मनुष्यका हड्डीहरू फेला पारे । यस बारेमा राजालाई खबर भयो । राजासहित सबैजना रगत तथा हाड फेलापरेको ठाउँमा जम्मा भए । रुखको फेदीमा रहेको कपडा, हतियार र गहना आदीले उनको मृत्यु पहिचानमा गाह्रो भएन । राजकुमार माहासत्वका दाजुहरू लगायतका दरबारिया टोलीले भोकाएको बघिनीले राजकुमारलाई खाएको निष्कर्ष निकाले भने दरबारिया ज्योतिषले राजकुमार साधारण व्यक्ति नभएको र उनले ‘कसैको जीवनरक्षा’ को लागि स्वयंंले अभयदान दिएको र राजकुमारले बोधिसत्व प्राप्त गरेको निष्कर्ष निकाले ।
दरबारिया पुरोहित र ज्योतिषीहरूको सल्लाहअनुसार राजकुमारका बचेका अवशेषहरू, कपडा, हतियार र गहनाहरू महारानी सत्यवती बसेको शिविरमा नै ल्याइयो । दरबारबाट पनि राजकुमारका गरगहना, हतियारहरू र अन्य अन्त्येष्टीका सामानहरू झिकाइए । शिविर रहेको स्थान नजिक बिधिविधानपूर्वक खाल्डो खनी राजकुमारका बचेका अवशेषहरूका साथमा उनका हतियार गरगहना, कपडा आदि राखेर बन्द गरी ढिस्को बनाएर बिधिवत अन्त्येष्टी गरियो । राजकुमारको अन्त्येष्टीपश्चात दरबार फर्कन तैयार गरियो तर रानी फर्कन चाहिनन् । रानी नफर्कने भएपछि, दुबै राजकुमारहरू महादेव र महाप्रसाद आमासँग बस्ने भए । केही भारदारहरूलाई रानी तथा राजकुमारहरूको हेरचाहको आदेश दिएर राजा अन्य भारदारहरूसहित दरबार फर्किए । रानी तथा राजकुमारहरू केही महिना उक्त अन्त्येष्टी गरेका स्थानमा बसेर दरबार फर्किए ।
कान्छा छोराको मृत्युपश्चात बिह्वल भएका रानी दरबारमा बस्न सकिनन् । रानीको अवस्थादेखि राजाले युवराज महादेवलाई राजपाठ सुम्पेर राजदम्पती सेवानिवृत्त (जीवन उत्तरार्ध व्यतित) को लागि प्रस्थान गरे । राजकुमारको संझनाबाट बिह्वल भएका मातापिता छोराले बुद्धत्व प्राप्त गरेको जंगलको फेदीमा रहेको कंकमणी (शंखेश्वरी खोला) तीर्थमा आएर ध्यानमा बसेर त्यही दुबैले भौतिक जीवन उत्सर्ग गरे । उनीहरूकै सम्झनामा शंखेश्वरी किरात कालीन शैलीमा खुल्ला मन्दिर स्थापना भएको छ ।
स्वयंभू पुराणअनुसार राजकुमार महासत्वले बोधिसत्व प्राप्त गरेको करिब ३ हजार ५ सय वर्ष पछाडि सातौँ किराती राजा जितेदस्तीको राज्यकालमा सिद्धार्थ गौतम बुद्ध काठमाडाैं आएका थिए । सोही अवसरमा भक्तपुर, नाला, पनौती, ईटे, शंखेश्वरी हुँदै हिरण्यगिरि गन्धमादन पर्वतमा गएका र राजकुमार माहासत्वलाई अन्त्येष्टि गरिएको समाधि नजिक बसेर एक महिना ध्यानगरी बसेका थिए । ध्यानपश्चात समाधिलाई तीनपटक परिक्रमा गरी नःम बुद्ध भनेर नमन गर्नु (ढोग्नु) भयो । सोही दिनदेखि उक्त समाधिको नाम नःम बुद्ध रहन गएको भनाइ छ । काठमाडौं र रोसी उपत्यका र आसपासका नेवारहरू नःम (नमो) बुद्धलाई नम्रा÷नमुरा द्यौ र स्थानलाई नम्रा÷नमुरा भन्दछन् । हाल आएर प्रायः सबैले नमोबुद्ध भत्र थालेका छन् तथा नगरपालिकाको नाम नै नमोबुद्ध नगरपालिका राखिएको छ ।
किंबदन्तीअनुसार महान्आत्माको सम्मानमा गौतमबुद्धको भ्रमणपश्चात किरातकालमा समाधि (ढिस्को) माथि सानो चैत्य बनेको थियो । लिच्छवीकालका राजा मानदेव बुद्ध धर्म अनुयायी भएको हुँदा उनको पालामा रानी सत्यवतीको काखमा राजकुमारहरू महादेव र महाप्रसाद सहितको ढुंगाको मूर्ति बनाउन लगाए । राम्रो चैत्य बनाई उक्त मूर्तिलाई चैत्यभित्र राख्नुको साथमा उक्त चैत्यको चार कुनामा एक÷एक ससाना चैत्य (चिवा द्यो) हरू बनाई बज्राचार्य पुजारीको व्यवस्था गरी नियमित पूजाको लागि गुठी बन्दोबस्त गरिदिएका थिए । यस्तै मन्दिरका पुजारीहरू बज्रयानी भएको तथा आठाँै शताद्वीमा तिमालमा ध्यान गरेर बसेका बज्रयानी गुरु पद्यसंभवको नःम बुद्धसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुनु पर्दछ ।
यस चैत्य अन्य चैत्यहरूभन्दा अलग र अन्य हिन्दू मन्दिरमा जस्तै घण्टा र गजुरसमेत रहेको छ । यस चैत्यलाई नःम बुद्धको आमाको मन्दिर नामले पुकारिन्छ । साथमा गुम्बा, धर्मशाला र खानेपानीको समेत बन्दोबस्त गरेका थिए । चैत्यको ढोकामा मल्लकालमा बनेको एउता सानो मूर्ति, एक पुरुषले दुई महिलालाई काखमा च्यापेर राखेको मूर्तिले नागदह (हालको काठमाडांै उपत्यका) को पानी खोल्नलाई चीनबाट आएका महामञ्जुश्री र उनका सहायकहरू वरदा र मोक्षदाले पनि नःम बुद्धको दर्शनमा गएका थिए कि भत्रे प्रश्न उब्ज्याएर खोजीको विषय बनाएको छ । चैत्य नजिक बौद्ध गुम्बा बनेको छ । करिब चार सय वर्ष पहिले हिमेतान्जेन धार्के, तोप तेन स्यकिय र श्री, तीन जना अवतारी लामाहरू राजकुमार महासत्वले बोधिसत्व प्राप्त गरेका स्थानमा ध्यान गरेर बसे । पछि यिनै अवतारी लामाहरूले अभयदान दिएको स्थानमा सानो स्लेटजस्तो ढुंगामा बाघलाई आफ्नो शरीर काटेर खुवाइराखेको चित्र कोरेर राखे, हाल आएर ठूलो चित्रले छोपिएको छ । अन्त्येष्टि गरिएको स्थान नःम बुद्धको आमाको चैत्य (मन्दिर) वरिपरि ती तिनै तीन जना अवतारी लामाहरूले नौ वटा स्तुपहरू बनाई नःम बुद्ध मन्दिर क्षेत्रलाई विस्तृत गरेका थिए ।
धर्मशालाको मर्मत संभार र पुनर्निर्माण कार्य काठमाडाैंका बौद्धमार्गीहरू खासगरी मानन्धर समुदायले गर्दै आएका छन् । गुम्बा तथा धर्मशालामा नःम बुद्धका राजकुमारदेखि बोधिसत्व प्राप्त सम्मका जीवनीको रंगीन चित्रकलाहरू कोरिएका थिए । तीर्थयात्रीहरूको चापलाई ध्यान दिएर तीन वटा कलात्मक ढुंगेधारा र ढुंगा छापेर बहाल बनाएका थिए । संरक्षणको अभाव र आधुनिकताको नाममा पूर्खाले बनाएका सम्पदाहरूमाथि अतिक्रमण भएको छ ।
राजकुमार महासत्वले बुधबारका दिन अभयदान दिएको भत्रे विश्वासअनुसार दैनिक नित्यपूजाबाहेक बुधबारको दिन विशेषपूजा गरिन्छ । उक्त बुधबार पूर्णिमाको दिन परेको हुँदा हरेक पूर्णिमाको दिनहरूमा पनि विशेष पूजा हुन्छ । हरेक वर्ष भगवान् बुद्धले आफ्नो स्थुल शरीर उत्सर्ग गर्नुभएको पूण्यघडी, कात्तिक पूर्णिमाको रात र भोलिपल्ट ठूलो मेला लाग्ने गर्दछ । यसको अलावा वर्षको विभित्र तिथिमितिमा नःम बुद्धमा मेलापर्व लाग्ने गर्दछ । यस्ता विशेष दिनहरूमा बौद्ध मार्गी तथा अन्य धर्मका अनुयायीहरू आफ्ना दिवंगत परिवार, आफन्त तथा साथीसंगिनीहरूको सम्झनाको साथमा मृतआत्माको शान्ति कामना गर्दै नःम बुद्धमा दीप प्रज्वलन गर्दछन् ।
हरेक वर्ष भाद्र कुशे–औँशी, बुबाको मुख हेर्ने दिनको तीन दिनअघि नःम बुद्धको जात्रा गर्ने मूर्ति, नःम बुद्ध द्योःछेबाट ल्याएर महारथ राजाको (राजकुमार महासत्वको जन्मथलो) पनौती दरबारमा केही समय राखेर बाहिर दवली छेउ रहेको ताहा फल्चामा सर्वसाधारणको पूजाका लागि राखिन्छ । त्यसपछि भोलिपल्ट पनौती सहरमा बाजागाजासहित परिक्रमा गरिन्छ र फेरी नःम बुद्ध द्योःछेमा नै फिर्ता लगिन्छ ।
संस्कार र संस्कृतिका पुजारी मल्लराजमा बुद्ध धर्मको दान र राजकुमार महासत्वको अभयदान, प्राणीमा सहयोग, सहानुभूति र जीवनको महत्वबारे व्यापक जानकारी दिने हेतु तथा हिरण्यगिरि गन्धमादन पर्वतसम्म हिँडेर जान नसक्नेहरूका लागि काठमाडांैमा नःम बुद्धको १२ वर्षे मेला चलाए । माइतीघर र भद्रकालीको बीच इच्छुमती (टुकुचा) को किनार सडक छेउमै नःम बुद्ध गुठी छेः र सँगै पाटी बनाइएको थियो । नःम बुद्धबाट जात्राको मूर्तिलाई हरेक १२ वर्ष माघ महिनाको पूर्णिमा पारेर एक हप्ता उक्त पाटीमा सर्वसाधारणको दर्शन तथा पूजाका लागि सजाएर राखिन्थ्यो । नःम बुद्ध गुठी छेः र पाटीमा अन्य स्थानका बुद्धका मेलाहरू पनि पालैपालो लगाउँथे । उक्त नःम बुद्ध गुठी छेः र द्योक्षे नेपाली सैनिक मूख्यालय नजिक भएको साथै द्वन्द्वकालमा सैनिक कार्यालय सुरक्षाको दृष्टिकोणले सर्वसाधारणका लागि भद्रकाली र माइतीघरबाट बाटो बन्द गरेपछि ०७० सालको १२ वर्षे मेला भद्रकाली मन्दिर परिसरभित्र चलाएका थिए । अभयदानजस्ता उत्कृष्ट कार्यले विश्व शान्तिमा योगदान पु¥याउने हुँदा राष्ट्रले यस स्थानलाई प्राथमिकताका साथ स्थापना गर्नु उचित हुनेछ ।
मंगोलिया नजिक चीनको गांसु प्रान्त, तुङहाङ उपत्यकाभित्र रेशम मार्गको सुरुआत बिन्दुसँगै मंगो गुफा छ, जसलाई बुद्धका हजार गुफाहरू तथा संसारको ठूलो बौद्ध भण्डारण पनि भनिन्छ । यो गुफाहरूमा बुद्ध मार्ग सम्बन्धित सामग्री भर्ने काम उई बंसले सन् ३६६ बाट सुरु गरे र तह्रौँ शताब्दीमा युआन वंश अर्थात सम्राट कुब्लाई खाँको कार्यकालमा पूर्णता पाएको भनिएको छ । रोचक पक्ष के छ भने सम्राट कुब्लाई खाँको पालामा तेह्रौँ शताब्दीमा अरनिको नेपाली कारिगरी कलाकार टोली मंगोलियासम्मन् पुगेका र हजार गुफाले पनि पूर्णता पाएको पाइन्छ । अझ रोचकपक्ष त हजारगुफाहरूमध्ये एक गुफामा नःम बुद्ध चैत्य (मन्दिर) को साथमा गुफाको भित्तामा चैत्य वरिपरि राजकीय सिकार कार्यक्रम र राजकुमार महासत्वले बोधिसत्व प्राप्ती गरेको घटना चक्रको चित्रकला लेखिएको छ । नःम बुद्ध चैत्य र चित्रकलाले अरनिकोले आफ्नो जन्मस्थानको प्रतिनिधित्व गराएको हुन सक्छ ।
पौराणिक कालदेखि नै तिब्बत, चीन र मंगोलियाबाट बढी मात्रामा बौद्ध तीर्थालुहरू आउने र उनीहरू तिबेतियन भाषामा राजकुमार माहासत्वलाई सम्चेन चेम्पो र नःम बुद्धलाई तग्मो लुस्ज्यीन नाम दिएका थिए । तग्मो लुस्ज्यीनको तिबेतियन व्याख्यामा बघिनीलाई आफ्नो शरीर सुम्पनु हो । २००७ सालको प्रजातन्त्रले अन्तर्राष्ट्रिय क्षेत्रलाई नेपालको ढोका खुलेपछि विश्वका विभित्र भाग खास गरेर भारतका अलावा दक्षिण एसियाका मुलुकहरू मलेसिया, जापान, कम्बोडिया आदि देशहरूबाट तीर्थयात्रीहरूको आगमन सुरु भयो । राजकुमार माहासत्वको अभयदान सहितले बोधिसत्व प्राप्त गर्नु भएकोमा सिद्धार्थ गौतम बुद्धले राजकुमारको समाधि अगाडि एक महिना ध्यानको महत्व थाहा पाएका तिबेतियन बौद्धमार्गीहरूले यस क्षेत्रको विकासमा ध्यान दिए । ईस्वी सन १९७८ मा थ्राङ्गु ताशी याग्टसे गुम्बाको निर्माण कार्य सुरु गरे र सन् २००८ मा निर्माण सम्पत्र गरी सञ्चालनमा ल्याइएको छ । यस्तै पूmलबारी रिसोर्ट, नमो बुद्ध रिसोर्ट र स्थानीय आतित्थ्यता सेवाहरूमा स्तरत्रोतिले विदेशी यात्रीहरूको आकर्षणताले एसिया मात्र नभएर युरोप, अमेरिका र अफ्रिका महादेशहरूबाट पनि तीर्थ यात्रीको लर्को लाग्न थालेको छ ।
नःम बुद्धको समाधि अगाडि सिद्धार्थ गौतम बुद्धले ध्यान गर्नुभएको स्मरण गराउन ललितपुर निवासी श्री तारा शाक्यको परिवारबाट ०४५ सालको बुद्ध पूर्णिमाका दिन गौतम बुद्धको धातुको मूर्ति स्थापनार्थ स्थानीयलाई दिइयो । मूर्ति चोरी भयो । उक्त परिवारले फेरि ०४९ सालमा अर्को मूर्ति दियो । उक्त भगवान्को मूर्ति स्थापनार्थ नःम बुद्धको चैत्य (समाधिस्थल) लाई ओझेलो पार्ने गरी अगाडि मन्दिर बनाइएको छ । इतिहास भन्छ गौतम बुद्धले आफ्ना सारथीहरूका साथ समाधि अगाडी बसी ध्यान गरिएको भनिएको छ । नव निर्मित मन्दिरले नःम बुद्धको चैत्य (समाधिस्थल) लाई ओझेलोमा पार्नुको साथै भगवान् बुद्धको मूर्ति पनि समाधिस्थललाई पछाडि पारेर प्रतिस्थापनले बुद्धको महिमा बुझाइमा कमि भएको हो कि भत्रे बुझिन्छ । गौतम बुद्ध र उनका सारथीहरू सहितको मूर्ति नःम बुद्धतर्पm ध्यान गरेको मुद्रामा स्थापना गर्नसके औचित्यता दिने र इतिहासले पनि सार्थकता पाउनेथियो । बौद्ध संस्कारको दृष्टिकोणले पनि गौतम बुद्ध र सारथीहरूको मूर्तिहरू बनाएर नःम बुद्ध चैत्यतर्पm फर्काएर स्थापित गर्नेसके उचित हुने थियो ।
करिब १० किलोमिटर दुरीको बीचमा रहेको राजकुमार महासत्वको जन्मथलो पनौती र बोधिसत्व भएको स्थान नःम बुद्ध, दुबै पौराणिक र रमणीय प्राकृतिक धरातलका साथ ऐतिहासिक बस्ती ईटे, संखु, पाटीचौर, शंखेश्वरी आदी राम्रो हावापानीमा रहेको छ । विज्ञानले अंग प्रत्यारोपणमा शिखरता हासिल गरेको तथा ६ हजार वर्ष पहिले नै सुखमा हुर्केका एक मानवले एक पशु र उनका भर्खर जन्मेका बच्चाहरू बचाएको कथा हेर्न र सुत्र संसारकै पर्यटकहरू लालायित हुन सक्दछ ।
प्रदूषणरहित क्षेत्र, अव्यवस्थित बस्ती बस्नु अगावै शान्ति वातावरण उन्मुख प्रकृतिप्रेमी अभयारण्य अवधारणमा पर्यटकीय क्षेत्र विकास गर्नसके तीर्थयात्री, पर्यटक तथा सेवा प्रदाय दुवै पक्ष लाभान्वित हुने थिए । स्थानीयदेखि संघीय सरकार तथा स्थानीय समुदायले पूर्खाको विरासत संस्कृति, संस्कार र संरचनाको पुनस्र्थापन, संबर्धन, संरक्षण र सुरक्षणमा आआफ्नो क्षेत्रबाट सकारात्मक समावेस भए नःम बुद्ध र बोधिसत्वको महिमाले व्यापकता पाउने, विश्व सम्पदामा सूचीकृत हुने र बुद्धमार्गीहरूको एक प्रमुख धार्मिक गन्तव्य बत्र सक्नेछ ।
प्रतिक्रिया