भाइ बुहारीमाथि बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

गुल्मी । सहोदर भाइ बुहारीमाथि बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन्। पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका–६ का ३५ वर्षीय पुरुष छन् । १९ वर्षीया भाइ बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

१९ वर्षीया बुहारीलाई वडा नम्वर ६ स्थित किटेनी गोठमा असार १४ गते दिउँसो ३ बजे जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया