बाढीले डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

नवलपुर । पूर्वी नवलपरासीमा बाढीले डाईभर्सन बगाउँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण स्थानीय खहरे खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध बएको हो ।

जिल्लाको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने पुल निर्माणको क्रममा बनाइएका ३ वटा डाईभर्सन बगाएपछि अहिले सवारी आवागमन ठप्प रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

बिहान ६ वजेदेखि भएको सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु बिच बाटोमै अलपत्र परेका छन् ।

निरन्तरको वर्षा र बाढीका कारण बाटो खुलाउन समस्या भइरहेकाले बाटो सुचारु हुन केहि समय लाग्ने जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक जयराम पन्तले जानकारी दिए ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया