नयाँ राजनीतिक पार्टी घोषणा गर्दै वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक पार्टी खोल्ने भएका छन् ।

नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । राष्ट्रिय एकता अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार मंगलबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गौतमले नयाँ पार्टी घोषणा गर्नेछन् ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । हाल सञ्चालन गर्दै आएको अभियानलाई नै गौतमले नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् ।

पार्टी घोषणालगत्तै सबै साना ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नका तीन महिने अभियान सञ्चालन गरिने प्रचार विभाग प्रमुख पाण्डेको भनाइ छ ।

प्रतिक्रिया