छैनन् रुसी र शीर्ष वरीयताका खेलाडी

विम्बल्डन २०२२ :

लण्डनं । ‘ग्रिन कोर्ट’मा हुने विम्बल्डन टेनिसको २०२२ संस्करण सुरु हुन अब केही समयमात्र बाँकी छ । तर, यस संस्करणमा को किन छुटे र को–को खेल्दैछन् भन्ने मुख्य विषय बनेको छ ।
एक वर्षपछि पूर्व नम्बर एक सेरेना विलियम्स कोर्टमा फर्किएकी छन् । तर, कतिपय कुराले सेरेनाको आगमनलाई पनि छायाँमा पारिदिएको छ । पूरुषतर्फको नम्बर एक ड्यानियल मेदभेदेभलाई आयोजक अल इङ्ल्यान्ड क्लबले प्रतियोगितामा खेल्न रोक लगायो । त्यतिमात्र होइन, रुस र वेलारुसका सबै खेलाडीलाई आयोजकले विम्बल्डन खेल्नबाट बञ्चित गरिदियो । कारण थियो– युक्रेनमाथि रुसको आक्रमण ।

आयोजक अल इङ्ल्यान्ड क्लबले उक्त निर्णयको चौतर्फी विरोध भएको छ । अन्तर्राष्ट्रिय टेनिसको ‘हल अफ फ्रेम’मा पर्न सफल मार्टिना नभारटिलोभाले पनि प्रतियोगितामा खेल्नबाट प्रतिबन्ध गर्ने निर्णय ‘गतल भएको’ बताएकी छन् ।

मार्टिनाले भनेकी छन्, ‘उनीहरूले के गर्ने ? आफ्नो देश छाड्ने ? त्यो त मेरो सबभन्दा खराब सत्रुको विषयमा पनि सोच्न सकिँदैन ।’
तीन पटकको विजेता नोभाक जोकोभिचले सोमबार सेन्टर कोर्टमा पहिलो खेल खेल्दैछन् । शीर्ष वरीयताप्राप्त जोकोभिचले यस अवस्थामा ‘के सही र के गलत’ भनेर छुट्याउन कठिन भएको बताउँछन् ।

‘बच्चामा, विशेषगरी ९० दशकका केही युद्धहरू भोगेको नाताले युक्रेनमा अहिले के वितिरहेको छ भन्ने म महसुस गर्न सक्छु,’ सर्वियाका ३५ वर्षे जोकोभिचले भने, ‘तर, अर्को पाटोबाट हेर्दा पक्कै पनि बेलारुस र रुसी खेलाडीलाई प्रतिबन्ध लगाउने कुरामा म पूर्ण सहमत हुन सक्दिँनँ । उनीहरूले टेनिसका कस्तो योगदान गरेका छन् भन्ने मैले देखेको छु । त्यसकारण मलाई लाग्दैन, त्यो निर्णय सही छ ।’

यसअघि सम्पन्न भएका केही प्रतियोगिताकाले विम्बल्डनमा खेलाडी वरीयतामा पनि परिवर्तन भयो । त्यही प्रतियोगिताका दौरान केही खेलाडीले चोट बोकेर विम्बल्डनमा खेल्न नसक्ने भए । जसमा चारपटकको ग्रान्ड स्लाम विजेता नाओमी ओसाका र २०१४ को उपविजेता युजेनी बाउचार्ड पनि सामेल छन् ।

महिलातर्फको नम्बर एक एश्ले बार्टीले गत मार्चमा २५ वर्षको उमेरमै सन्यास लिइन् । उनी यस प्रतियोगितामा हुने छैनन् । त्यस्तै घुँडाको चोटका कारण ८ पटकको विजेता रोजर फेडरर पनि विम्बल्डनमा हुने छैनन् । घुँडाको शल्यक्रियाका कारण गत वर्षबाट फेडेररले प्रतियोगिता खेलेकी छैनन् । दोस्रो वरीयताकी एलेक्जेन्डर जेरेभ पनि दायाँ कुर्कुच्चामा लागेको चोटका कारण विम्बल्डन खेल्ने छैनन् । जेरेभको फ्रेन्च ओपन खेल्नेक्रममा चोट लागेको थियो ।

प्रतिक्रिया