दुर्गमका बिरामीलाई उपचार गर्न शिविर सञ्चालन गर्छौँ : मन्त्री खापुङ

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गरेका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ आजै स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् ।

पदभार ग्रहण गर्दै उनले नेपाल सरकारले ग्लोबल फण्डका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले जानकारी दिइन् ।

स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउन पहलकदमी गर्ने बताए । दुर्गम क्षेत्रमा उपचार नपाएकाका लागि लक्ष्य गरेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ थियो ।

उक्त निर्णय मन्त्रिपरिषद्मा पठाएपछि कार्यान्वयन हुने मन्त्रालयकी प्रवक्ता डा. मिश्राले जानकारी दिइन् । उनले ग्लोबल फण्डको कार्यक्रम सन् २०२४ देखि सरकारको मातहतमा ल्याउने र त्यसका लागि सचिवालयसमेत स्थापना गर्ने बताइन् ।

सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले पनि पदभार ग्रहण गरे । राज्यमन्त्री केसी २०७४ सालको संघीय निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए ।

सोही अवसरमा निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्री केसीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया