आइतबारसम्म उपत्यकामा १२ जना हैजाका बिरामी भेटिए

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा प्रकोप बढ्दै गएको छ । सरकारले समयमानै यस बिषयमा विचार नपुर्याए यसले भयावहरुप लिने खतरा बढ्दै गएको छ । यो साताको सुरुमा केही सानो संख्यामा देखिएको हैजाको बिरामी आईतबारसम्ममा दर्जन (१२) जना पुगेका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आईतबार सम्ममा १२ जनामा हैजा पुष्टि भएको छ । यसरी हैजा पुष्टि भएका ठाँउमा डिल्लीबजार, बागबजार, कपन, थानकोट, बल्खु, नैकाप, सानेपाललगायत स्थानमा हैजा देखिएको छ ।

गत असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई जना बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो । उनीहरू दुवै जना बागबजारस्थित एकै परिवारका थिए ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ ।

हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा वशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया