‘पठान’ को मोसन पोस्टर 

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले चलचित्र क्षेत्रमा प्रवेश गरेको ३० वर्ष पूरा भएको छ । यही अवसर पारेर उनी अभिनीत चलचित्र ‘पठान’ को मोसन पोस्टर सार्वजनिक गरिएको छ । सन् १९८८ मा टेलिभिजनबाट मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका शाहरुखले सन् १९९२ मा पहिलो पटक चलचित्रमा काम गरेको थिए । सन् १९९१ मा उनले हेमा मालिनीको निर्देशनमा बनेको ‘दिल खाशना है’ मा काम गर्ने सम्झौता गरे पनि उक्त चलचित्र प्रदर्शनमा आउन ढिलाई भएपछि सन् १९९२ मा आएको ‘दिवाना’ उनको डेब्यु बनेको थियो ।

सो चलचित्रलाई राज कन्वरले निर्देशन गरेका थिए । उक्त चलचित्र ३० वर्षअघि शनिरबार अर्थात २५ जुनमा नै प्रदर्शनमा आएको थियो । त्यसयता शाहरुखले निरन्तर चलचित्रमा काम गरिरहेका छन् । उनले थुप्रै राम्रा चलचित्रमा काम गरेका छन् । तर, पछिल्ला केही वर्षमा आफूले खेल्ने चलचित्रमा उनले प्रयोग पनि गरिरहेका छन् । तीमध्ये अधिक खासै सफल हुन भने सकेका छैनन् । शाहरुखको चलचित्र करिअरको ३० वर्ष पूरा भएको सन्दर्भ उनको आगामी चलचित्र ‘पठान’ को मोसन पोस्टर सार्वजनिक भएको छ । 

चलचित्रको निर्माण पक्षले युट्युबमा यसराज फिल्मस्मार्फत पोस्टर सार्वजनिक गरेको हो । अभिनेता शाहरुख पछिल्लो पटक सन् २०१८ मा चलचित्र ‘जिरो’ देखिएका थिए । त्यसपछि उनको चलचित्र क्षेत्रमा कमै उपस्थिति रहेको छ । ‘पठान’ भने सन् २०२३ मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया