यात्राको सिकर्नीभित्र पसेपछि

अरुणबहादुर खत्री ‘नदी’

यात्राको ‘सिकर्नी’ नामक नियात्रासङ्ग्रह साहित्यकार नियात्राकार खेमनाथ दाहालको २०७७ सालमा सातौं कृतिको रुपमा प्रकाशित भएको छ । उनको पहिलो कृति श्रद्धाञ्जली नामक कवितासङ्ग्रह निस्केको थियो । यो उनको पहिलो नियात्रासङ्ग्रह हो ।

यस सङ्ग्रहभित्र काठमाडौंदेखि क्वालालम्पुरसम्म, राजदूत निवासदेखि टायन्स स्क्वायरसम्म, गेन्टिङ हाइट्सदेखि चेन सी टेम्पलसम्म, सिंगापुर यात्रा, मेलका यात्रालगायत विभिन्न शीर्षकका सोह्रवटा नियात्राहरु राखिएका छन् ।

काठमाडौंदेखि क्वालालम्पुरसम्म शीर्षकको पहिलो नियात्रामा मलेसिया यात्राको निधो भएको केही दिनपछि छोेरीज्वाइँहरु उदेश गजुरेल, जीनु दाहाल गजुरेल, नाति आभान र आरम अमेरिकाबाट मलेसिया आउने र हामी नेपालबाट मलेसिया जाने तिथिमिति तय भयो भनेर नियात्राकार दाहालले लेखेका छन् ।

यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् ।

राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म शीर्षकको नियात्रामा साधारणतः टायम्स स्क्वायर भन्नाले न्युयोर्कको महत्वपूर्ण स्थान सम्झने मलाई मलेसियाको मुख्य बजार रहेको चोक अथवा ठाउँलाई पनि टायम स्क्वायर भनेको सुुन्दा स्वतः यो स्थान पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएछ भन्ने नियात्राकारलाई लाग्यो ।

नियात्राकार सर्वप्रथम यहाँको टायम्स स्क्वायर पुगेर मनमनै दुवैको तुलना गरे न्युयोर्क सदृश नभए पनि आफैँमा समुन्नतिको शिखरबिन्दुमा रहेछ भनिएको छ । सरल र मिठासयुक्त भाषाशैली, घटनाको रोचक प्रस्तुति, लेखनमा इमान्दारिता उनको नियात्राका विशेषता हुन् ।

गेन्टिङ हाइट्सदेखि चेन सी टेम्पलसम्म शीर्षकको नियात्रामा आँखाका अगाडि सुन्दर पथ, दायाँबायाँ हरियाली, ठाउँठाउँमा स्ट्रबेरी तरकारी, च्यासखेतीका फार्महरु र तिनका साइनबोर्ड नाचिरहे पनि लघुताभाषले निराश र केही गहु्रँगो मन लिएर अगाडि बढिरहेका बेला एकाएक प्रकाशले गाडी रोके भनेर नियात्राकार दाहालले लेखेका छन् ।

राजदूत निवासदेखि टायम्स स्क्वायरसम्म शीर्षकको नियात्रामा साधारणतः टायम्स स्क्वायर भन्नाले न्युयोर्कको महत्वपूर्ण स्थान सम्झने मलाई मलेसियाको मुख्य बजार रहेको चोक अथवा ठाउँलाई पनि टायम स्क्वायर भनेको सुुन्दा स्वतः यो स्थान पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएछ भन्ने नियात्राकारलाई लाग्यो । नियात्राकार सर्वप्रथम यहाँको टायम्स स्क्वायर पुगेर मनमनै दुवैको तुलना गरे न्युयोर्क सदृश नभए पनि आफैँमा समुन्नतिको शिखरबिन्दुमा रहेछ भनिएको छ

कवितामा श्वेतपत्र जस्तो महाकाव्य लेखेर सिद्धि प्राप्त गरिसकेका खेमनाथ दाहालले निकै ठूलो मेहनत गरेर यात्राको सिकर्नी नामक नियात्रासङ्ग्रह निकालेका छन् । मलेसिया र सिंगापुरका महत्वपूर्ण स्थानहरुको यात्राका क्रममा प्राप्त भएका सामग्रीहरुलाई अनुभूतिका चास्नीमा डुबाएर सिकर्नीको स्वाद जगाएका छन् ।

आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो । प्रस्तुत कृतिमा स्रष्टा दाहालले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेका छन् । साथै यस सङ्ग्रहभित्रका नियात्राहरुमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात् पाइन्छ । सिंगापुर यात्रा उनको विशुद्ध यात्रा थियो । पेट्रोनाश टावरलाई नियाल्दा नियात्राकार आफ्नो देशको धरोहर मानिएका रानीपोखरी र धरहरा भूकम्प गएको चार पाँच वर्षसम्म निर्माण हुन नसकेको देख्दा मन खल्लो पार्दछन् ।

चार वर्षमा रानीपोखरी र धरहराको पुनर्निर्माणको प्रारुपसम्म तयार पार्न नसक्ने मुलुकको उपजलाई एकप्रकारको कौतुहल जाग्नु स्वाभाविकै हो । आत्मपरक र निजात्मक शैलीमा लेखिने नियात्राहरु पाठकमाझ अत्यधिक लोकप्रिय हुने गरेका छन् ।

अनेकौ लेखकले राम्रा राम्रा यात्रा निबन्ध लेखेर नेपाली साहित्यमा नियात्रा विधालाई स्थापित र लोकप्रिय बनाउनमा महत्वपूर्ण भूमिका खेलेका छन् । यात्रा मेलकाकोमा त्यहाँका सङ्ग्रहालयहरु देख्ता आफ्नो देशमा सङ्ग्रहालयहरुको दुरावस्था सम्झँदा उनी मर्माहत बन्दछन् ।

नेपालमा प्रत्येक कलाकारको घर स्वयंमा एउटा सङ्ग्रहालय भएको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो तर राज्यले त्यतातिर कुनै वास्ता गर्न सकेको छैन । नियात्रा लेखनमा दाहाल अब आफ्नै शैली र गतिका साथ स्थापित हुनेछन् ।

सिंगापुर यात्रा शीर्षकको नियात्रामा एसियाली मापदण्डअनुसारको यो राजमार्ग देखेर यहाँ यात्रा गर्ने हरेक यात्री एक प्रकारले आनन्दित र रोमाञ्चित हुनु स्वाभाविकजस्तो लाग्ने रहेछ । व्यवस्थित रेस्टरुम, चिया, कफी र फलफूल पसलले पाश्चात्य मुलुकको सिको गर्दै दिएका सुविधाहरु पनि यस यात्राका अझ रमाइला पक्ष रहेछन् ।

फलफूल पसलमा सामान्य पाइनेभन्दा झण्डै डबल लामा केराका घरी र त्यही अनुपातका लामा केराका कोसा देखेर नियात्राकार एकछिन टोलाएँ र हेरिरहेछन् । राजदूूतावासको सेरोफेरो शीर्षकको नियात्रामा हुन त राजदूत महोदयले विरक्त भावमा राजदूतावासको अवस्थितिका बारेमा विभिन्न समयमा हामीलाई छनक त दिनु भएको थियो तथापि विदेशमा हाम्रो अवस्था यति निरीह छ भन्ने नियात्राकारले कल्पना गरेका थिएनन् ।

यस नियात्रासङ्ग्रहको अन्तिम पृष्ठ २४१ देखि २४८ सम्म नियात्रा गरेका स्थानमा खितिएका तस्बिरहरु पनि राखिएका छन् । आजको समयमा यात्रा वृत्तान्तका लेखहरु निकै देखिन थालेका छन् कतै निबन्धको रुपमा भेटिन्छन् भने कतै घुमन्ते कथाको रुपमा । पाठक आफूले नटेकेको ठाउँ, आफ्नो आँखाले नदेखेको दृष्य लेखकको वर्णनवाट त्यहाँ पुग्न सक्ने र देख्न सक्ने रहेछ ।

सबैले सबै ठाउँ घुम्ने र देख्ने कुरा पनि सम्भव हुँदैन । त्यसैले यात्रा वृत्तान्त पढ्दा आफैं त्यो ठाउँ पुगेजस्तो लाग्नु स्वाभाविकै हो । यात्राले पाठकलाई त्यही पु¥याउन सकिने गर्भिलो भावना उमार्दो रहेछ । नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ । यसमा नियात्राकारको आफ्नै अनुभूति स्वाद छ उनको निजी भावना जताततै छरिएको छ ।

लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरु रोचक र रसिला छन् । यात्राहरु पेचिला र पुष्टकारी प्रतीत छन् । अन्त्यमा समग्र रुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यस्तै अन्य कृतिहरु पढ्न पाइरहने अपेक्षा गर्दछु । अन्त्यमा उनका अन्य राम्रा राम्रा नियात्रासङ्ग्रह थपिँदै जाओस् भन्न चाहन्छु ।


लेखक : खेमनाथ दाहाल


विधा : नियात्रा


प्रकाशक : उषा दाहाल


प्रकाशन : पहिलो वि.सं. २०७७ साउन


पृष्ठ : २४८


मूल्यः ने.रु.४५०।–

प्रतिक्रिया