बगडगाँउमा दुग्ध संकलन केन्द्र भवनको उद्घाटन

बझाङ । छविसपाथिभेरा गाँउपालिका १ बगडगाँउमा मटेला उन्नत गाईपालन समन्वय समितीद्वारा निर्मित दुग्ध संकलन केन्द्र भवनको उद्घाटन गरिएके छ । बुधबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बझाङका अध्यक्ष नरबहादुर बोहराले दुग्ध संकलन केन्द्र भवनको उद्घाटन गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयको ७ लाख ४० हजार र भेटेनरी अस्पताल तथा पशुपन्छी विज्ञ केन्द्र बझाङको ६ लाख २९ हजार गरी जम्मा १३ लाख ६९ हजारको लागतमा नवनिर्मित दुग्ध संकलन केन्द्र भवनका उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा वोल्दै भेटेनरी अस्पताल तथा पशुपन्छी विज्ञ केन्द्र बझाङका कार्यालय प्रमुख विनोदकुमार कठायतले प्रदेश सरकारले कृषकहरुको जिवन स्तरमा सुधार ल्याउन विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । उनले कृषकहरुले पनि अनुदानमा पाएका विभिन्न कार्यक्रमहरुलाई आफ्ना छोराछोरी सरह मान्नुपर्ने बताए । त्यसवाट उत्पादन भएको बस्तुहरुको बजारीकरण गरी बेच्नुपर्ने बताए ।

आफ्नो कार्यालयबाट पनि निरन्तर दुईवर्षदेखी कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि कार्यक्रम सञ्चालन हुने उनले बताए । साथै यो क्षेत्र सडक सञ्जालमा जोडिएको हुदा वगडगाँउ, परिङ्गाल, सुवेडालाई दुग्घजन्य पदार्थको पकेट क्षेत्र बनाउनुपर्ने बताए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै मटेला उन्नत गाईपालन समन्वय समितीका अध्यक्ष रामभक्त गिरीले कृषकहरुले उत्पादन गरेको दूधलाई अँझै गुणस्तरीय बनाउनको लागी धेरै मेहनत गर्नुपर्ने बताए ।

सरकारलाई ढाँटे आफुपनी ठगिने हुँदा सरकारले दिएको अनुदानको भरपुर उपयोग गरेर जिविकोपार्जन गर्नुपर्ने र आगामी दिनहरुमा पनी गाईपालन व्यवसायलाई अगाडी बढाउनु पर्ने उनले बताए । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक जनक ढुङ्गाना, सशस्त्र प्रहरी नायव उपरिक्षक दामोदर भण्डारी, पत्रकार लगायत स्थानीयको उल्लेखिय उपस्थिती रहेको थियो ।

प्रतिक्रिया