एन्फामा महासचिव र कोषाध्यक्ष मनोनित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।

अध्यक्ष पंकज नेम्वाङ नेतृत्वको कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले राईलाई महासचिव र जोशीलाई कोषाध्यक्षमा मनोनित गरेको हो । मंगलबार एन्फाको नयाँ अध्यक्षमा पंकज नेम्वाङ निर्वाचित भएका थिए ।

प्रतिक्रिया