चितवनमा नाडाको प्रशिक्षण कार्यक्रम

काठमाडौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र चितवन अटोमोवाइल्स एशोसिएशन, प्रदेश ३ संगको सहकार्यमा कर, भन्सार तथा भिसिटियस सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि तथा नाडाका अध्यक्ष धु्रववहादुर थापाले आर्थिक बर्ष २०७९÷८० को बजेटले सवारी साधनको महशुलमा गरेको परिवर्तनले व्यवसायीमा थप अन्यौलता आएको भन्दै देशमा विद्यमान तरलता अभावले व्यवसायीले आफनो व्यवसाय सञ्चालन गर्न कठीन हुदै गएको बताए ।

अध्यक्ष थापाले विश्वमा विद्युतिय सवारी साधनको प्रयोग अपरिहार्य भएकोले यसलाई व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियमको तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नुपर्ने बताए । सोही क्रममा अध्यक्ष थापाले व्यवसाय मैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दवाव दिदै आएको परिप्रेक्षमा स्वच्छ व्यवसायको लागि समेत नाडाले आवाज उठाउदै आएको बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया