विराटनगर । मोरङ जिल्लामा आत्महत्याका घटनाले विकराल रुप लिदै गएको छ । शान्ती सुरक्षाको अवस्थाका विषयमा जानकारी दिन जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गतवर्षको भन्दा यो वर्ष आत्महत्याको घटनामा वृद्धि भएको छ ।
गत आर्थिक वर्ष जिल्लामा २ सय ११ जनाले आत्महत्या गरेकोमा चालु आर्थिकवर्षको ११ महिनामा २ सय ८६ जनाले आत्महत्या गरेको मोरङका प्रहरी प्रमुख एसपी शान्तीराज कोइरालाले जानकारी दिए ।
आर्थिक विपन्नता, गरिवी, वेरोजगार, हिनतावोध, मानसिक तनाव तथा दिर्घरोगका कारण आत्महत्याको घटना वढेको उनले बताए । उनका अनुसार आत्महत्याका घटना हुन नदिन परिवार तथा समाजको महत्पुर्ण भुमिका हुन्छ । विभिन्न अवस्थाका कारण तनाव वा चिन्ता लिने व्यक्तिलाई परिवार तथा समाजले उनीहरुलाई काउन्सिलिङ गर्ने सम्भाउने वुझाउने तथा त्यस्त व्यक्तिलाई एक्लै छोडन हुँदैन ।
यसैगरी मोरङ जिल्लामा लागु औषध प्रयोगकर्ता समेत वढदै गएको पाइएको छ । खुला सिमानाका कारण लागु औषध ओसार पोसारमा सहज भएपछि त्यस्को प्रयोगकर्ता बढेको हो । गत आर्थिक वर्षमा प्रहरीले लागु औषधमा २ सय ८१ जना उपर मुद्दा दर्ता गरेकोमा चालु आर्थिक वर्षको ११ महिनामै २ सय ६५ जना उपर मुद्दादर्ता गरेको जनाइएको छ ।
त्यसैगरी सवारी दुर्घटनामा गत आर्थिक वर्षमा १ सय ४२ जनाको मृत्यु भएकोमा चालु आर्थिक वर्षको ११ महिनामा १ सय ४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । गत आर्थिक वर्ष ११ सय ५२ वटा सवारी दुर्घटना भएकोमा चालु आर्थिक वर्षको ११ महिनामा १ हजार ७१ सवारी दुर्घटना भएका छन ।
त्यस्तै गत आर्थिक वर्षमा १ सय ७ वटा चोरीका घटनामा भएकोमा चालृु आर्थिक वर्षको ११ महिनामा १ सय ८६ चोरीका घटनामा मुद्दा दर्ता भएको छ । केहि महिना एता विराटनगरका विभिन्न स्थानमा दिउसै चोरिका घटना हुने गरेका छन । निरन्तर एउटै वडामा चोरीका घटना हुन थालेपछि सर्वसाधारणमा त्रास छाएको छ । वडा प्रहरी कार्यालयमा प्रहरीको सख्या न्युन हुनु तथा प्रहरी कार्यालयको सवारी साधन वजेटको अभावमा लामो समयदेखि विग्रेर थन्किदा समयमा प्रहरीले गस्तीगर्न नपाउनाले पनि चोरीका घटना वृद्धि भएको स्थानीय बताउछन् ।
यसैगरी जिल्लामा प्रहरी कार्यालयमा समग्रमा गत आर्थिक वर्षमा १७ सय ९५ मुद्दादर्ता भएकोमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ११ सय ४४ मुद्दा भएका छन ।
प्रतिक्रिया