पाँचथरमा मानवअधिकारका घटनाको पूर्व समिक्षा

पाँचथर । जिल्लामा मानवअधिकार उल्लंघनका घटनाको पुर्व समिक्षा गरिएको छ । शुक्रबार, पत्रकार महासंघ हलमा सरोकारवालाबीच अर्धवार्षिक छलफलमा १७ वटा घटना को छलफल भएको थियो । सो क्रममा इन्सेक प्रतिनिधि सहमान विश्वकर्माले अभिलेख प्रस्तुत गरेका थिए ।

जिल्लामा बलात्कारका घटना बढोत्तरी भएको पाइएको समिक्षा कार्यक्रममा छलफल भएको थियो । मानवअधिकार घटनालाई न्युनिकरण गर्न स्थानीय सरकार जवाफदेही हुनु पर्नेमा सरोकारवालाको जोड थियो ।

जिसस प्रमुख रामराज आङदेम्बेको प्रमुख आतिथ्यमा भएको हो । स्थानीय राजनीतिक दलका नेता हरु को आ, आफ्नो धारणा रहेको थियो । एमाले का जिल्ला उपसचिव पृथ्वी लावती, नेपाली कांग्रेसका सभापति रुपनारायण जबेगू, माओबादी केन्द्रका जिल्ला अध्यक्ष होम जबेगू, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल जबेगू, महिला अधिकारकर्मी मधु जबेगू, मुना नेम्वाङ, अधिवक्ता टिका तिम्सिना, प्रहरी इनिस्पेक्टर, पत्रकार लगायत को उपस्थिति रहेको थियो ।

मानवअधिकार घटनालाई रोक्न र न्युनिकरण गर्न स्थानीय सरकार न्यायिक समिति लगायतले जवाफदेहिता, सचेतना अभियान सञ्चालन, दलहरुले मेरो र तेरो नभनि कानुनी रुपमा सजाय दिनु पर्ने मा जोड दिए को पाएको छ । समिक्षा अधिकारकर्मी प्रेम ओझाको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया