नक्सालमा फक्सवागनको सोरुम

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा जर्मन स्टयान्डर्डको फ्ल्यागशिप सोरुम संचालनमा ल्याएको छ । कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो ।

जर्मनीका राजदुत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मिन वहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको हो । सोरुम उद्घाटन सम्वन्धमा पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न सोरुम खोल्न पाउँदा खुसी लागेको बताए । सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने अपेक्षा गरिएको छ ।

नयाँ सोरुमको सम्वन्धमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उल्लेख छ । प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म फ्री सर्विसिंग पाउनेछन । पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया